0
गोल्डेन न्यूज संवाददाता
शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत रहेको प्राविधिक प्रशिक्षण प्रतिष्ठान वीच भएको द्विपक्षीय सम्झौता अनुसार शिक्षा मन्त्रालयमा दर्ता भै शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएका संस्था, कम्पनीका शैक्षिक परामर्शदाताहरुको क्षमता अभिवृद्घि लागि आयोजना गरिएको एजुकेशन काउन्सिलर ट्रेनिङ सम्बन्धि १० दिने तालिम कार्यक्रम पोखरामा संचालन भएको छ । काठमाडौं उपत्यका वाहिर यो कार्यक्रम पहिलो पटक संचालन भएको हो । यस अघि काठमाण्डौं उपत्याकामा नवौं व्याचसम्म संचालन भै सकेको छ भने पोखरामा समान्तार रुपमा सम्पूर्ण सहभागीहरु लाई २ समूहमा विभाजन गरी ३९ जनालाई तालिम दिन शुरु गरिएको छ । तालिमको उद्घाटन गर्दै क्षेत्रीय शिक्षा निर्देशनालय, पोखराका निर्देशक विष्णुप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम संचालन भएको थियो । कार्यक्रम लाई सम्बोधन गर्दै निजी स्तरले सरकारलाई घच्चघच्चाउनु पर्ने, यो पेशालाई अत्यन्त पारदर्शि ढंगले संचालन गर्नुपर्ने साथै निति, नियमहरुलाई फेर्न सकिने तर नियतलाई फेर्न नसकिने कुरा स्पष्ट पारे । 
शिक्षा मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण  शाखाका प्रमुख गौरी शंकर पाण्डेले कार्यक्रमलाई सम्बोधन गर्दै परामर्श दिने संस्थाहरुले अनिवार्य रुपमा परामर्श सम्बन्धी तालिम लिएका परामर्श दाताले मात्र परामर्श दिने व्यवस्था गर्न लागेको जानकारी गराए । प्राविधिक प्रशिक्षण प्रतिष्ठानका प्रशासन प्रमुख प्रमोद भक्त आचार्यले शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुले पालना गर्नुपर्ने ऐन, नियम, विधि र प्रक्रियाहरुको वारेमा तालिम प्रदान गरिने जानकारी गराएका थिए ।
कार्यक्रममा इक्यान कास्की शाखाका सल्लाकार तथा केन्द्रीय सदस्य डि.वि गुरुङ्गले पहिलो पटक उपत्यका बाहिर कार्यक्रम संचालन भएकोमा खुशी ब्यक्त गरे । कार्यक्रममा प्रतिष्ठानका प्रशिक्षक सरिता रेग्मीले तालिम अवधिमा प्रशिक्षण गराईने विषयवस्तुको वारेमा संक्षेपमा बताए । 
तालिमका कोर्ष को–अर्डिनेटर मीना खरेलले कार्यक्रम संचालन गरे । कार्यक्रको शुरुमा इक्यान कास्की शाखाको तर्फबाट रुद्र प्रसाद अर्यालले अतिथि तथा सहभागीहरुलाई पुष्पगुच्छा दिएर स्वागत गरेका थिए ।






Post a Comment

 
Top