0
गोल्डेन न्यूज संवाददाता
नेपाली काङग्रेस कालिका गाउँ ईकाई कमिटीले पूर्णता पाएको छ । महाधिवेशन सम्पन्न भएको करिब २ महिनापछि कमिटीले पूर्णता पाएको हो । कमिटीको शुक्रवार बसेको बैठकले २१ सदस्यीय कार्यसमिति टुङ्ग्याएको छ । कमिटीका सभापति भानुभक्त ढकालको अध्यक्षतामा सम्पन्न बैठकले पदाधिकारीको समेत चयन गरेको छ । कमिटीको उप–सभापतिमा दामोदर भण्डारी, सचिवमा राजेश अधिकारी र राजेश सुनार, सहसचिवमा बिन्ध्येश्वरी त्रीपाठी, कोषाध्यक्षमा लेखनाथ भण्डारी चयन भएका हुन् । कमिटीको सदस्यहरुमा शेखरनाथ चर्माकार, राजकुमार राना मगर, भवानीप्रसाद भण्डारी, देवी प्रसाद कुईकेल, गोविन्द अधिकारी, राजेश भुजेल, शिवप्रसाद त्रिपाठी, लोकबहादुर गुरुङ, भोजबहादुर भुजेल, समित केसी, विष्णुहरि तिमिल्सिना, पदम रानामगर, रीखु कुईकेल, हरीशचन्द्र पाण्डेयलाई चयन गरिएको सभापति भानुभक्त ढकालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । सभापति ढकालका अनुसार आमन्त्रित सदस्यहरुमा श्रीकृष्ण तिमिल्सिना, लिलाबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ, दुर्गा गुरुङ, सुधा तिमिल्सिनालाई चयन भएका छन् । 
क्षेत्रीय सभापति विर्जमान गुरुङको विशेष उपस्थितिमा सम्पन्न बैठकले कमिटीको सल्लाहकार समितिलाई पनि पूर्णता दिएको छ । सल्लाहकार समितिमा राजेन्द्र प्रसाद त्रिपाठी, विश्वरमण अधिकारी, गुरुप्रसाद कुईकेल, सुरेन्द्र अधिकारी, गंगा बहादुर गुरुङ, रामकृष्ण त्रिपाठी, हरीप्रसाद भण्डारी, दुर्गाप्रसाद पौडेल, कृष्णप्रसाद अधिकारी, दामोदर पौडेल र भोजराज त्रिपाठी रहेका छन् । पार्टीको १३ आंै महाधिवेशन बाट निर्वाचित र मनोनित भई पूर्णता पाएको ईकाई समितकिा सभापतिसहित पदाधिकारी र सदस्य सबैलाई क्षेत्रीय सभापति गुरुङले खादा र अबिर लगाएर सम्मान गर्दै संङगठनको सुदृढिकरण र विकास निर्माणमा कालिका कांग्रेसले अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । समितिमा पार्टीको विधान अनुसार समावेशीसहितका महिला, दलित, जनजाती सबै मिलाएर चयन गरिएको ईकाई सभापति ढकालले जानकारी दिए ।











Post a Comment

 
Top