0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले राष्ट्रियता बचाउनका लागि राप्रपा नेपाल सरकारमा भएको बताइएकी छन्। ल्वाङघलेल तक्रागाउँ स्थित नमक्यू बराह आमा समूहको नवनिर्मित भवनको उद्घाटन गर्दै हरेक किसिमका समस्यालाई केन्द्रमा पु¥याइदिन जिल्ला स्थित नेतृत्व वर्गहरुलाई आग्रह समेत गरे । राप्रपा नेपालले स्थानीय निकायको जिम्मा लिइसकेपछि जनताको काम छिटो, छरितो हुनुपर्ने बताउँदै स्थानीय निकायलाई भ्रष्टाचाररहित बनाउन पहल गरिसकिएको बताए। कार्यक्रमका बोल्दै जिल्ला अध्यक्ष जयलाल पुनले चिनबाट उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले काठमाडौंसम्म ल्याएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारका प्रम केपी ओली पोखरा ल्याएर शिलान्यास गरेको बताए ।
कार्यक्रममा धौलागिरी संयोजक तथा केन्द्रीय सदस्य कुलबहादुर गुरुङ्ग कुलुले ल्वाङघलेल गुरुङ्ग जातिको बाहुल्यता भएको स्थानमा गुरुङ भाषामै आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा बरिष्ठ केन्द्रीय सदस्य चन्द्र बहादुर गुरुङ्ग, अञ्चल संयोजक तथा केन्द्रीय सदस्य डा. भीमसेन गुरुङ्ग, प्रशिक्षण विभाग केन्द्रीय सदस्य बरुणबिक्रम राणा, जिल्ला सदस्य विजुली प्रसाद गुरुङ्ग, समाजसेवी रामप्रसाद गुरुङ्ग, डम्बरकुमारी गुरुङ्ग, गाविस सचिव टिकाराम आचार्य लगायतले बोलेको सूर्य बाँस्तोलाले जानकारी दिए । नमक्यू बराह आमा समूहका अध्यक्ष कुन्तीकुमारी गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गाविस इकाई अध्यक्ष पूर्णबहादुर गुरुङ्गले संचालन गरेका थिए । 












Post a Comment

 
Top