0
गोल्डेन न्यूज संवाददाता
बहुप्रतिष्ठित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने अब निश्चित छ । यो संगै लामो समयदेखिको पोखरेलीको सपना अब साकार हुँदैछ । पोखरेलीले विमानस्थलका लागि पोखरादेखि काठमाडौंसम्म पुगेर विरोध प्रदशृन गरे । पोखरेलीको लामो प्रतिक्षा, आन्दोलन र दवावबाट बन्न लागेको विमानस्थलको निर्माण कार्य नयाँवर्ष संगै शुरु हुनेछ । विमानस्थलको शिलान्यास वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । २०७२ सालको महाभूकम्पको पीडामा  अझै भुल्न नसकेपनि विमानस्थल निर्माणका लागि पोखरेलीहरु सक्रिय एवं उत्साहित भएर लागेका छन् । विमानस्थल शिलान्यास कार्यक्रमको तयारीलाई सांसद रविन्द्र अधिकारी नेतृत्वको समिति र विभिन्न उपसमितिहरुले भव्य रुपमा अघि बढाएका छन् । विमानस्थल शिलान्यास कार्यक्रम लाई सव्य र भव्य बनाउने पोखरेलीको तयारी र प्रतिवद्धता छ । जसका लागि विभिन्न निकाय एवं संघ–संस्था तथा राजनीतिक दलहरुले विमानस्थल शिलान्यास कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । 
यसैक्रममा नेपाली काँग्रेस कास्कीले पोखरामा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास कार्यक्रममा उत्साहपूर्ण उपस्थिति जनाउन अपिल गरेको छ। कास्की कांग्रेसका सभापति  कृष्णबहादुर केसीले सोमबार एक विज्ञप्ति जारी गरि कस्केली आम नागरिकले ४० वर्षअघि देखिको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सपना साकार हुने चरणमा आएकोले उत्साहपूर्ण उपस्थिति जनाउन आग्रह गरिएको छ। विमानस्थल शिलान्यासको पूर्व सन्ध्यामा रहिरहँदा धेरै वर्ग क्षेत्र र समुदायको महत्पूर्ण भूमिका रहेको यथार्थलाई नर्बिसन पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। विगतका निरन्तर संघर्षका दिनहरुमा हुन वा सरकारको नेतृत्व नेपाली काँग्रेसले गरिरहेको बेला किन नहोस् हामी विमानस्थल निर्माणको विषयमा निरन्तर क्रियाशिल रही रहेको सवैलाई विदितै छ’, विज्ञप्तिमा भनिएको छ–‘नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइराला, पार्टी सभापति शेरबहादुर देउवा र संघिय लोतान्त्रिक गणतन्त्रात्मक संविधानका पिता शुशिल कोइरालाको प्रधानमन्त्रित्व कालमा सदैव पोखरा विमानास्थल निर्माण गर्ने प्रक्रियाले महत्वपूर्ण गति लिई रह्यो र तत्कालिन अर्थमन्त्री डा.रामशरण महतको विशेष पहलमा विमानास्थलको लागत उल्लेख घट्न गई राष्ट्रिय व्ययभार घटाउन समेत हामीले खेलेको भूमिकालाई नजर अन्दाज गर्न हुदैन।’ निरन्तर प्रयत्नको लामो प्रतिक्षा पछि शिलान्यासको सुखद् क्षणमा हुदा हुदै पनि निर्माण सम्पन्न गर्न नयाँ चुनौती देखिने भएकोले जस्ता सुकै चुनौती सामान गर्नका लागि नेपाली काँग्रेसले विगतवर्षमाझै नेतृत्वदायी भूमिका र योगदान गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै विज्ञप्तिमा मार्फत विमानस्थल निर्माण गर्ने विचारको सृजना गर्ने यसलाई वहसमा ल्याउन अनि कार्यान्वयन प्रक्रियामा पु¥याउने निकाय र नेतृत्वदायी भूमिका खेल्ने व्यक्ति एवं संघ–संस्था, जग्गादाता सरोकारवाल सम्पूर्णलाई पार्टीको तर्फबाट धन्यवाद दिदै साझा उपलब्धिमा सबैको सहभागिताको लागि अपिल गरेको छ। यसैगरी सोमबार नै नपाली काँग्रेस कास्की जिल्ला कार्यसमिति को वैठक बसेको छ। बैठकमा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापतिको उपस्थिति रहेको थियो । बैठकले विमानस्थल निर्माणका लागि काँग्रेसले विगतदेखि वर्तमान सम्म खेलेको भूमिकाको समिक्षा गर्दै निर्माण सम्पन्न नहँुदासम्म सक्रिय भूमिका खेलिरहने निर्णय गरेको नेपाली काँग्रेस कास्कीका सदस्य नविन सिग्देलले जानकारी दिए । यसैगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यासलाई युनाइटेड क्लवले भब्य र सब्य रुपमा स्वागत गर्ने भएको छ । क्लवले विमानस्थल प्रवेश केन्द्र अमरसिंह क्षेत्रमा गेट, ब्यानर,  तथा घडाहरु राखेर स्वागत गरिने क्लवका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए। क्लवका अध्यक्ष बख्रेलका अनुसार पोखरामा निर्माण हुने विमानस्थल आम पोखरेली बासीका लागिनै महत्वपूर्ण हुने भएकाले यसको शिलान्यासमा क्लवले अमरसिंह क्षेत्र वरपर स्वागत गेट, रोड क्रस ब्यानर, प्रत्येक घरको अगाडि घडा राख्ने र अमरसिंह बाट भब्य ¥यालीको आयोजना गरिने भएको हो । क्लवलेमात्र नभइ अमरसिंह चोक वरपर रहेका विभिन्न संघ सस्था, आमा समूह, महिला समूह, युवा समूहहरुलाई समेत उक्त समारोहमा सहभागीका लागि क्लवले आब्हन गर्ने क्लवले जनाएको छ । त्यसैगरी उक्त समारोहमा वडा नागरिक मञ्च वडा नम्बर १० ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास कार्यक्रमलाई भब्य र सब्य ढंगले सफल बनाउनका लागी सक्रिय भूमिका निर्वाह गर्ने भएको छ । उक्त अवसरमा आफ्ना सदस्यहरुलाई सक्रिय उपस्थितीका लागि आब्हान गर्ने मञ्चका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । यसैगरी पोखराका पर्यटन व्यवसायीहरुले पनि पोखरामा बन्न लागेको विमानस्थल प्रधानमन्त्रीबाट शिलान्यास हुने कार्यक्रमा सहभागी हुन सम्पूर्ण पर्यटन ब्यवसायी तथा पोखरेलीहरुलाई आग्रह गरेको छ । पोखरामा क्रियाशिल पर्यटन व्यवसायीहरुलको सम्पन्न भेलाले वैशाख १ गते १० बजे पोखरा रङ्गशाला गेटमा भेला भै बाजागाजा नाचगान सहित शिल्यान्यास स्थल जाने निर्णय गरेको छ । साथै वैशाख १ गते साँझ ७ बजे सबैले घर–घरमा दीपावली गर्न समेत पर्यटन व्यवसायीहरुले आग्रह गरेको छ।

Post a Comment

 
Top