0
नेपाली कांग्रेसको कोषाध्यक्ष पदमा निर्वाचित सीतादेवी यादवले आफ्नो जन्मस्थान भारतमा भए पनि कर्मस्थान नेपाल भएको बताएकी छिन् । उनले आफ्नो विजयलाई ‘शहिदको सम्मान’ का रुपमा व्याख्या गरिन् ।
आफूलाई निर्वाचित गरेर कांग्रेस कार्यकर्ताले ‘शहिदप्रति सम्मान व्यक्त गरेको’सीतादेवीले प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘मेरा श्रीमानले गरेको योगदानको आज कदर भएको छ, उहाँले देखेको सपना पूरा गर्न अब म लाग्नेछु । यसका लागि मलाई सबैको सहयोग चाहिन्छ ।’
सीतादेवीका श्रीमान चन्द्रनारायणलाई माओवादीले ०५७ साल असार ५ गते हत्या गरेका थिए । मर्निङ वाक गर्न जाँदा माओवादीले श्रीमानको निर्ममतापूर्वक हत्या गरेको यादवले अनलाइनखबरलाई बताइन । उनी भन्छिन्, ‘मेरा श्रीमान जिल्लाको सबैभन्दा लोकप्रिय र जुझारु नेता हुनुहुन्थ्यो, उहाँ गिरिजाको सच्चा हितैषी हुनुहुन्थ्यो । सबैभन्दा बढी भोट ल्याएर जिविस सभापति जित्नुभएको थियो । उहाँको लोकप्रियता देख्न नसकेर माओवादी आतंककारीहरुले हत्या गरे ।’
चन्द्रनारायण तत्कालीन समयमा कांग्रेसका सिराहा जिल्ला सभापतिसमेत थिए । माओवादीले उनलाई गाँजा तस्करी गरेको, सर्वसाधारणको हत्या गरेको र सीमानामा अवैध धन्दा चलाएको आरोपमा हत्या गरेका थिए ।
श्रीमानको हत्या भएपछि सीतादेवीलाई कांग्रेसले जिल्ला सभापति बनायो । उनी कांग्रेसकी पहिलो महिला जिल्ला सभापति हुन् । त्यसो त श्रीमानको हत्यापूर्व नै आफू २५ वर्ष अगाडिदेखि कांग्रेसको क्रियाशील सदस्यका रुपमा राजनीतिमा संलग्न रहेको सीतादेवीको भनाइ छ ।
‘मेरा श्रीमान सबैको हृदयमा बस्नुभएको थियो, श्रीमानको सम्मानस्वरुप कांग्रेसका साथीहरुले मलाई सभापति पदमा बस्न आग्रह गर्नुभयो र मैले स्वीकार गरेँ,ु उनले भनिन् ।श्रीमानको हत्या भएयताको १५ वर्षमा आफू पूर्णरुपमा समर्पित भएर कांग्रेसको राजनीतिमा होमिएको सीतादेवीले बताइन् । उनले भनिन् ‘श्रीमान नरहेको अवस्थामा मेरो जीवनमा कठिन चुनौतिहरु आए । तर, हरेक चुनौतिलाई स्वीकार गरेर मैले आफ्नो राजनीतिलाई निरन्तरता दिएकी छु ।’ त्यसो त सीतादेवी माओवादीबाट मात्रै होइन, मधेसवादी दलबाट पनि पीडित राजनीतिकर्मी हुन् । पछिल्लो मधेस आन्दोलनका क्रममा आफ्नो घर र गाडी मधेसी मोर्चाका आन्दोलनकारीले जलाइदिएको उनले दुखेसो पोखिन् । सभापतिमा पराजित उम्मेदवार चित्रलेखा आफ्नी बहिनीजस्तो भएको सीतादेवीले  बताइन । ‘उमेरका आधारमा म दिदी र उनी बहिनी हो, सिराहामा हाम्रो घर पनि नजिकै पर्छ । तर हामीबीच पारिवारिक सम्वन्ध चाहिँ छैन,ु उनले भनिन् । भारतको बिहारस्थित मधुवनीमा जन्मेकी सीतादेवी अंगीकृत नेपाली नागरिक हुन् । उनले ०२७ सालमा सिराहाका चन्द्रनारायण यादवसँग बिहे गरेपछि उनी नेपाली नागरिक बनिन् । उनका दुई छोरीको विहे भारतमै भएको छ भने एक छोरा पनि भारतमै बसोबास गर्छन् । तर, संसद सचिवालयद्वारा प्रकाशित पुस्तकमा भने सीतादेवीको जन्मस्थान सिराहाका सुखचैना गाविस वडा नम्बर ५ उल्लेख गरिएको जुन, झूटो विवरण हो । ‘म भारतमा नै जन्मेकी हुँ,’यादवले भनिन्, ‘तर यो कुरालाई धेरै कोट्याइरहन आवश्यक छैन । जन्म जहाँ भए पनि मेरो कर्मस्थान नेपाल हो र म २५ वर्षदेखि नेपाली कांग्रेसको सक्रिय राजनीति गरिरहेकी छु ।’
सीतादेवी नेपाली कांग्रेसको उच्च ओहोदामा पुगेकी छिन् । तर, नेपालको नयाँ संविधानमा बंशज र अंगीकृत नागरिकवीच दुई किसिमको मापदण्ड हुने भएकाले सीतादेवीका लागि मुख्यमन्त्री, सभामुख, उपसभामुख, उपराष्टूपति वा राष्टूपतिसम्म बन्न संविधानले नै बाटो छेकेको छ । यद्यपि उनी मन्त्रीसम्म बन्न सक्छिन् ।









Post a Comment

 
Top