0
गोल्डेन न्यूज संवाददाता
पोखराको चिप्लेढुङ्गामा प्रधान कार्यालय रहेको फेवा विकास बंैकले आ.वं २०७१÷०७२ सम्मको संचित मुनाफाबाट चुक्तापूंजीको २१.९० प्रतिशत वोनश शेयर वितरण गर्ने निर्णय गरेको छ । बैंकले गरेको निर्णय नेपाल राष्ट्रबैंकवाट स्वीकृत भई बंैकको आठौं बार्षिक साधारणसभावाट पारित भएपछि लागू हुनेछ । अब पश्चात बैंकको कुल चूक्तापूजी ९९ करोड ५० लाख रुपैयाँ पुग्ने छ । फेवा विकास बैंक लिमिटेडले आ.व. २०७२÷७३ को दोस्रो त्रयमासमा संचालन मुनाफा १७ करोड ३३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको थियो भने सोही अवधिसम्म निक्षेपमा गत आषाढ मसान्तको तुलनामा १ अर्ब १६ करोड रुपैयाँले वृद्धि भइ १० अर्ब ५३ करोड रुपैयाँ पुर्याएको छ भने कर्जातर्फ गत आषाढ मसान्तको तुलनामा ७३ करोड रुपैयाँले वृद्धि भइ ८ अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ । बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए । 
देशको विषम परिस्थितिका वावजुत पनि यस प्रकारको वृद्धिलाई बैंकले सकारात्मक रुपमा लिएको छ । २०७२ आषाढ २८ गतेदेखि पोखराका दुई उत्कृष्ट वित्तीय संस्थाहरु विश्व विकास बैंक लिं र फेवा फाइनान्स लिं एक आपसमा मर्जर भइ राष्ट्रियस्तरको फेवा विकास बैंकको रुपमा कारोवार गर्दे आइरहेको छ । बैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबीएस, एटीएम र एसएमएस बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यास सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आयभएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समूहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको बैंकले जनाएको छ ।









Post a Comment

 
Top