0
विष्णुहरि पौडेल 
लेखनाथ, २६ फागुन । १०६ औं अन्तराष्टिूय नारी दिवस मनाइरहँदा लेखनाथ(२ रिठेपानीका यी महिलाहरू सीप सिक्दैछन् । चुलोचौकामा सिमित रहेका नेपाली महिलाहरू पनि अव राष्टूको सर्वोच्च पदमा पुगिसकेका छन् । दलित, अपांग, असहाय, एकल महिलाहरुका लागि सरकारले पनि विशेष कार्यक्रम ल्याएको छ । ठाउँ ठाउँमा सीप सिकेर महिलाहरु आत्मनिर्भर बनेका उदाहरण पाइन्छन् । महिलाहरुलाई सीप सिकाएर यस्तै उदाहरणीय बनेको छ लेखनाथ २ रिठेपानीको एउटा सिकाइ केन्द्र । उनीहरुको जीजनस्तर उकास्न रिठेपानी वीर निमाविसँगै रहेको महिला सीप विकास कार्यालय पोखराको फिल्ड अफिसले अवसर प्रदान गरेको छ ।
वि.सं.२०३२ सालमा अन्तराष्टिूय नारी दिवसको अवसरमा शान्ति थापा, सूर्यकुमारी पाण्डे, लालु गुरुङ लगायतको सकृयतामा पोखराको सिर्जनाचोकमा खुलेको महिला सीप विकास संस्थाले विभिन्न आरोह अवरोह पार गर्दै लेखनाथमा फिल्ड कार्यालयका रुपमा खोलिदिएको अफिसले उनीहरुलाई आत्मनिर्भरताका लागि सहयोग गरिरहेको छ । स्थानीय चन्दादाताको सकृयातामा वि.सं २०५० फागुन महिनामा निर्मित भवनको वि.सं २०६८ असोज ११ गते  मर्मत सम्पन्न गरी अहिलेका अवस्थामा महिलालाई सीप प्रदान गरिरहेको छ । 
हाल यस फिल्ड कार्यालय अन्तर्गत एक सय २५ महिला प्रत्यक्ष लाभान्वित भएको कर्मचारी अन्जना गुरुङ बताउँछिन् । विशेष गरी एकल, निरक्षर, दलित, अपांग, असहाय महिलाहरुको सिकाइको साहारा नै बनेको छ उक्त सिकाइ केन्द्र । महिलाहरु एन कातेर तथा सुती धागोबाट विभिन्न सामानहरु बनाइरहेका भेटिन्छन् । कच्चा पदार्थ भन्े रामकली खड्काको व्यवस्थापनमा पोखरा सिर्जना चोकमा रहेको कार्यालयले काठमाडौंबाट ल्याउने गरेको छ । फिल्ड कार्यालय अन्तर्गतको यो कार्यालयमा अहिले १३ जना त दलित महिला नै सीप सिक्दैछन् । उनीहरु मध्येकी पार्वती परियारले संस्थाले गरेको यो सहयोगले आँफुहरुलाई ठूलो राहत महसुस भएको बताउँछिन् । महिलाहरु आफ्नो उत्पादनको पोखराको लेकसाइड रहेको र विदेशसम्म पनि माग रहेको बताउँछन् । सुती धागो र उनबाट बनेका सामग्रीहरु हतले बनाउने हुँदा टिकाउ र बलियो समेत हुने भएकोले मूल्य भने केही महँगो भएको उनीहरुको भनाइ छ । विभिन्न प्रकारका झोलाहरु हतमा लगाउने रिष्ट बेन्ड, पेटी, बुक कभर, क्रिसमसका उपहारहरु, खेलौनाहरु, मनि पर्सहरु पेन्सिल केशहरु, उनीहरुका मुख्य उत्पादित सामग्री हुन् ।
स्थानीय न्युन आय भएका महिलाका लागि यो अत्यन्तै सहयोगी सिद्ध काम बन्न सकेको बताउँछन्( कार्यालय परिसर सँगै जोडिएको बीर निमावि व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका समाजसेवी ल्याप्टेन धनबहादुर गुरुङ । विगत पाँच वर्षदेखि त्यही काम गरेर जीवन निर्वाह गरिरहेकी स्थानीय धनकुमारी तामाङ कमाइ आफ्नो परिश्रममा भर पर्ने बताउँछिन् । थोरैमा महि.नामा एक हजार ५०० देखि १२ हजारसम्म मासिक कमाइ गर्न सफल भएको उनी बताउँछिन् ।
श्निवार बाहेक सबै सार्वजनिक विदाका दिनमा पनि काम भैरहने र आफ्नै छरछिमेकमा भएकोले सजिलो भएको महिलाहरुको कथन छ । उनीहरुले सामग्री बुनेको ज्याला वापतको मूल्य आकार अनुसार हिसाव गरी मासिक रुपमा पाउने गर्दछन् । सीप सिक्न आउने कसैलाई पनि बन्देज नगरिएको यो सिकाइ केन्द्र महिलाहरुको साँच्चै नै साहारा बनेको छ । यस्तै सिकाइ केन्द्र ठाउँ ठाउँमा बन्न सके थुप्रै नेपाली महिलाहरुको जीवनस्तर माथि उठ्न सक्ने देखिन्छ ।







Post a Comment

 
Top