0
मुन डान्स रेष्टुरेण्ट पोखराका प्रोपाईटर तथा १७औं सडक महोत्सवका संयोजक दोर्जे लामाको समन्वयमा भूकम्प प्रभावित जिल्ला गोर्खामा राहत वितरण गरिएको छ । लामाको नेतृत्वमा शुक्रबार गोर्खाको सौरपानी गा.वि.स. वडा ७ तुक्रांगमा २ लाख ७० हजार मुल्य बराबरको राहत सामाग्रि वितरण गरीएको हो। १ सय ७० वटा घरपरिवार ब्ल्याङकेट वितरण गरिएको हो । उक्त अवसरमा स्थानीय थानी प्रा.वि. विद्यालयलाई ५ ओटा सेतो पाटी, ६ वटा हेड लाईट र एउटा दराज प्रदान गरीएको छ भने दोर्जे लामाको व्यक्तिगत रुपमा विद्यालयलाई १० हजार रुपैयाँ नगद समेत आर्थिक सहयोग गरेका हुन । रेवान पोखरा र अन्य दाताहरु शेरा गुरुङ, केशवराज पाण्डे, कृति राना, डग्लस र ईन्सुवा, वसन्त गौतम, सुमन र रोजिना विजुक्छे, लोएस यन्ड्रीक्स, थोमस के ओल्फार, निरवान मुक्तान लगायबाट रकम संकलन भएको हो । विभिन्न दाताहरुको राहत सामाग्री लिएर भूकपबाट प्रभावित क्षेत्र गोर्खामा पुगेर थोरै भएपनि राहत वितरण गर्न पाएकोमा खुशी व्यक्त गर्दै लामाले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने वचन दिए । स्थानीय दल बहादुर तामङ्गले आफ्नो क्षेत्रमा पोखराबाट आएर सहयोग गरेकोमा धन्यवाद दिदै यस्ता विपन्न क्षेत्रमा सहयोग गर्न अन्य दाताहरुलाई समेत आव्हान गरे । लामाको नेतृत्वमा रेवान पोखराका कार्यालय सचिव कमलराज कोइराला, संचारकर्मी सुजन शिर्पÞाली र धन प्रसाद गुरुङ गरि ४ जनाको टोली राहत वितरण गर्न गोर्खा पुगेका हुन् ।






Post a Comment

 
Top