0
गोल्डेन न्यूज संवाददाता
स्टेप वाई स्टेप उमावि मासवार पोखराले कक्षा १२ तर्फको पुरस्कार वितरण कार्यक्रम सोमवार सम्पन्न गर्यो । वर्षभरि ं तर्फ भएका खेलकुद, अतिरिक्त क्रियाकलाप र पढाइमा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । उच्च माध्यामिक शिक्षा परिषद्द्वारा लिइएको २०७२  को कक्षा ११  को वोर्ड परीक्षामा यस विद्यालयाबाट विज्ञान संकायमा ८३ प्रतिशत अंक ल्याई प्रथम हुन सफल भएका सुरज अर्याल, द्धितीय हुन सफल सुमन पौडेल र तृतीय हुन सफल साजन लामिछाने र व्यवस्थापनपर्फ क्रमशः प्रथम , द्वितीय र तृतीय हुन सफल प्रशान्त बराल, सविन बराल र अशोक क्षेत्री लाई पुरस्कार प्रदान गरिएको थियो । स्पोर्ट मिटमा छात्र र छात्रा भलिबल, टेबल टेनिस बास्केट बल आदि खेलमा विजयी विद्यार्थीहरु पुरस्कृत गरिएको थियो । त्यसैगरि विजयी हाउस आइन्टाइनलाई सिल प्रदान गरिएको थियो । कार्यक्रम विद्यालका प्रचार्य निर्मला बरालले विजय विद्यार्थीहरुलाई बधाई एवं शुभकामना दिदैँ विद्यालयले पढाइका साथै खेलकुद तथा अतिरिक्त त्रियाकलापलाई पनि महत्व दिएर कार्यक्रम गरेको बताइन । कार्यक्रममा निर्मला बराल, रमाकान्त बराल र कक्षा १२ सह–संयोजक सञ्जय बरालले पुरस्कार वितरण गरेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं विद्यालका संस्थापक निर्देशक रमाकान्त बरालले साभा पतित्वमा सम्पन्न कार्यक्रको सञ्चालन सूर्यप्रसाद लम्सालले गरेका थिए।
यसैगरी पोखराको न्यूरोडस्थित नीलगिरि बोर्डिङ स्कूलले एसएलसी परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई बिदाई गरेको छ । विद्यालयमा सोमबार आयोजित एक कार्यक्रममा विद्यालयका संस्थापक रामु गुरुङले विद्यार्थीलाई आगामी सफलताको शुभकामना व्यक्त गर्दै मायाँको चिनोद्वारा बिदाई गगरेका हुन् । उनले एसएलसी परीक्षामा उच्चतम् मेहनतका साथ आफू र विद्यालयको गरिमा बढ्ने गरि अघि बढ्न विद्यार्थीहरुलाई आग्रह गरे । कक्षा ९ को विद्यार्थीहरुद्वारा आयोजित कार्यक्रममा कक्षा १० का विद्यार्थीहरु बालकृष्ण शर्मा, पूजा शर्मा, कृष्ण गिरीका साथै शिक्षकहरु नारायण जिसी, वसन्त सिग्देल, अमृत सुवर्णकार एवं कक्षा ९ का विद्यार्थीहरु दीक्षा शर्मा, निश्था श्रेष्ठ, आयुषा मुल्मी र सृष्टिना लामिछाने लगायतले बोलेका थिए ।









Post a Comment

 
Top