0
नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री शशांक कोइरालाले मधेस असन्तुष्ट रहेको भन्दै सहमतिबाटै समस्या समाधान गर्ने बताएका छन् ।
महामन्त्रीमा निर्वाचित भएपछि शशांकले महाधिवेशन प्रतिनिधि, नेता कार्यकर्ता र शुभेच्छुकलाई धन्यवाद दिएका छन् । राजनीतिक अवस्था अहिले पनि तरल रहेको भन्दै उनले महाधिवेशनमा व्यक्त चासो, चिन्ता र सुझावलाई व्यवहारमा ल्याउन पहल गर्ने बताएका छन् ।

कांग्रेसको काँधमा गहन जिम्मेवारी र चुनौती रहेको भन्दै उनले भनेका छन् ‘यतिखेर हाम्रो प्रजातन्त्रको मुहान मधेसमा असन्तुष्टि छ । सहमति, सहकार्य, समझदारी र आपसी विश्वासको मेलमिलापबाट समस्याको समाधान गर्न कांग्रेस कृत संकल्पित छु ।

अल्पसंख्यक समुदायको समिश्रणबाट बनेको नेपाली सँस्कृति परम्परालाई अक्षुण्य राख्दै नेपाललाई समृद्ध बनाउने अभिभारा पूरा गर्ने उनले प्रतिबद्धता जनाएका छन् । यसैबीच नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री कोइरालाले १३ औं महाधिवेशनबाट पार्टीले नयाँ उर्जा प्राप्त गरेको बताएका छन् । साथै महाधिवेशनका प्रतिनिधिहरु नयाँ उत्साह र उमंग बोकेर घर फर्किने उनको विश्वास छ ।
महामन्त्रीमा निर्वाचित भएपछि फेसबुकमा स्टाटस लेख्दै बीपी पुत्र कोइरालाले कांग्रेसको महाधिवेशन भव्यरुपमा सफल पार्न सबैलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘कांग्रेसका अगाडि चुनौतिका पहाड छन् र, अवसर पनि उत्तिकै छन् । राम्रो भविश्यका लागि सबैजना एकजुट हुनुपर्छ ।
कोइरालाले डेढ महिनाअघि पार्टीका सभापति सुशील कोइरालाको आकस्मिक निधनबाट ठूलो धक्का लागेको तर, त्यसका बाबजुद महाधिवेशन सफल रुपमा सम्पन्न भएको उल्लेख गरेका छन

Post a Comment

 
Top