0
गोल्डेन न्यूज संवाददाता
नागरिक संबाद केन्द्र, गण्डकी, पोखराको आयोजनामा सम्पन्न कार्यक्रममा घान्द्रुक गा.वि.स.को सभाहलमा सविधानमा भएका व्यवस्थाहरु तथा नागरिकता र र्निवाचन प्रक्रियाको बारेमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो ।  कार्यक्रम गा.वि.स.स्तरका राजनीतिक दलका प्रमुख तथा प्रतिनीधीहरु, सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरुको बिचमा भएको थियो । 
घान्द्रुकका गा.वि.स. सचिव अर्जुन प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक संबाद केन्द्र, गण्डकी, पोखराका प्रमुख अधिवक्ता जुनाकुमारी गुरुङले सहजीकरण गरेकी थिइन भने नागरिक संबाद केन्द्र, गण्डकी, पोखराका पब्लिक एण्ड एडमिन अफिसर अनिश भुजेलले गाउं पालिकाको गठन सम्बन्धमा सहजिकरण गरेका थिए । 
कार्यक्रममा स्थानीय शान्ति समितिकी संयोजक हरिमाया गुरुङले अहिले पनि मतदाता नामवलीमा नाम दर्ता गर्नु पर्छ भन्ने जानकारी कतिपयलाई थाहा नभएकोले कार्यक्रम अत्यन्तै सान्दर्भिक भएकोले यस्तो कार्यक्रम सबै वडा वडामा लैजानु पर्ने बताउनु भयो । 
त्यसैगरि पूर्व गा.वि.स.अध्यक्ष तिल बहादुर गुरुङले मतदाता नामवलीमा नाम दर्ता गर्दा १८ वर्ष नभई १६ वर्ष पुरा भए पछि नागरिकता पाउने भएकोले १६ वर्ष पुगि नागरिकता लिने वित्तिकै मतदाता नामावलीमा नाम दर्ता गरि मतदान गर्न पाउने व्यवस्था हुनु पर्ने बताए । 
एक्यापका प्रतिनिधि आनन्द सुवेदीले कार्यक्रम अत्यन्तै राम्रो भएकोले अब महिला सहभागिता समामुख र राष्ट्रपतिमा मात्र नभई नगर, गाउंपालिकामा पनि अध्यक्ष र उपाध्यक्षमध्ये एक महिला हुनु पर्ने बताए । कार्यक्रममा विद्यालयका प्र.अ. रामेश्वर सुवेदी, स्वास्थ्य चौकीको प्रमुख विक्रम भुवाजी, समाजसेवी मन प्रसाद गुरुङ, आमा समुहको प्रतिनीधी शुष्मा गुरुङ, दलित प्रतिनीधी चिन कुमारी परियार लगायतले संविधानको बारेमा जानकारी पाएकोमा खुशी व्यक्त गर्दै यो कार्यक्रम गाउंँ गाउँंसम्म लैजानु पर्नेे र मतदाता नामवलीमा नाम दर्ता गराउनका लागि सबैलाई जनाकारी गराउनु पर्र्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन नागरिक संबाद केन्द्र, गण्डकी, पोखराको प्रिया श्रेष्ठले गरेकी थिइन ।












Post a Comment

 
Top