0
राजाराम पौडेल
पछिल्लो समयमा आयोजना हुने मेला तथा महोत्सवमा दर्शकको पहिलो रोजाइमा लोक दोहोरी गायक राम्जी खाँड पर्ने गरेका छन् । हालसम्म झण्डै पाँच हजार गीतमा आवाज भरेर लोकदोहोरी गीत प्रेमी मन मुटुमा बास बस्न सफल भएकोलेनै उनको व्यस्तता बढ्दै गएको हो । त्यसैलेत दर्शकको मन जित्न खप्पिस खाँडलाई नेपालका विभिन्न ठाउँमा आयोजना भइरहेका मेला महोत्सवमा पुग्ने दर्शकले खुलेरै साथ दिने गर्छन् । झण्डै १६ वर्षको साँगाीतिक यात्रा तय गरिसकेका उनी पछिल्लो चारवर्ष देखि मात्र दर्शक र श्रोताको रोजाइमा पर्न थालेका हुन् । हुन त वि.स.२०५७ सालमा ‘वालिङ बजारमा’ गीतमा आवाज भरी औपचारीकरुपमा सांगीतिक यात्रा प्रारम्भ खाँडले गरेका हुन् । पहिलो एल्बम ‘वालिङ बजार’ ले लगानि उठाउन सफल भएपछि अगाडी बढ्न उत्साहित भए । सफल गायक बन्ने सपना मनमा सजाउदै वि.स. २०५८ मा उनी काठमाण्डौ हानिए पनि । तर काठमाण्डौ बसाई खासै सफल भएन । कारण उनका एल्बम व्यवसायिक रुपमा सफल बनेनन् । झण्डै १२ वर्षसम्म उनलाई यो क्षेत्रमा टिक्न निकै पिडा भयो । तर अहिले व्यवसायिक रुपमा सफल गायकको रुपमा उनी चिनिन्छन् । मेहनत र धैर्यतानै आफ्नो सफलताको रहस्य भएको उनको भनाइ छ । ‘म कति दिन भौके भए, रातभरी निन्द्रा लाग्थेन, अरु रातारात हिट हुदाँ आफुले गरेका गीत रातारात फ्लप भए यस्ले मलाई निकै पिडा भएको थियो ।’ उनी सम्झन्छन् । उनले पुकार दोहोरी साँझ सुन्धारामा काम गर्दथे । तर त्यहाँबाट प्राप्त रकमले दैनिक गुजारा गर्न र एल्बम निकाल्न साह्रै समस्या भयो । उनले बजारमा ल्याएका  एल्बम खासै चलेनन् । कतिपय म्युजिक कम्पनिले स्वरलाई स्थान नदिँदा उनी पछाडि परे । केहि गीत रेर्कड गरेर पनि बजारमा ल्याउन उनी डराए । यसरी लगातार एल्बम असफल बन्दा उनलाई विदेशमा जानको लागि घरपरिवारबाट दबाब आउन थाल्यो । अनि विदेश जाने भनेर पासपोर्ट बनाए । विभिन्न युरोपियन मुलुकका लागि प्रयास गरे तर उनी यस्मा पनि सफल भएनन् । अनि दुबइ जाने निर्णयका साथ उनले प्रक्रिया अगाडि बढाए ।  तर भाग्यवश यहि समयमा आएका उनका गीत ‘देउरालीको भट्टी पसल’ र ‘पछ्यौरी देउ बैना’ गीतले उनलाई चर्चामा ल्यायो ।  यसबाट पाएको सफलताले केहि गर्न सक्छु भन्ने आत्मबल उनमा बढ्यो । विदेश जाने योजनालाई स्थगीत गरेर यहि बसेर साँगीतिक यात्रालाई निरन्तरता दिने निर्णयमा उनी पुगे । उनका गीत एकपछि अर्को गर्दै हिट हुदै गए । १२ वर्षको दुःख, मेहनतलाई भुल्दै नयाँ उत्साहका साथ यात्रा तय गरे । विस्तारै व्यवसायीक गीतमा गाउने अवसर पाए । अग्रज कलाकारका गीतमा समेत उनलाई ठाउँ दिन थालियो । प्रविधिको विकास सँगै फस्टाउन थालेको डिजिटल बजारको माग अनुसारका  नयाँ शैलीका गीतनै उनको सफलताको रहस्य थिए । यो विचमा आफ्नो साधनालाई समेत निरन्तरता दिए ।
त्यसैलेत लोक दोहोरी क्षेत्रमा मा छिटो आउने  छिटै हराउनेहरुको संख्या बढी रहेको उनी बताउँछन् । ‘यतिकै गाउन सक्छौ सिक्नु पर्दैन भन्नेहरु लामो समयसम्म टिक्न सकेका छैनन् । टिक्नका लागि साधना गर्नुपर्छ ।’ उनका पछ्यौरी लेउ बैना, देउरालीको भट्टी पसल, मायालुको बोली, संसारको रित, मैले मन पराएको छु, फूल फूलेर पहँेलै भयो, रक्षा गर हरी, पा¥यो मलाई रुन र हालै आएका दामी देखिन्छ, सरसर सर मैतीर, छलछल पानी, धुवाँसरी लगायतका गीत चर्चामा छन् । गीतमा आफै मोडलिङ समेत गर्ने उनलाई दर्शकले सफल मोडलको रुपमा समेत मन पराएको छन् । उनले एक सय भन्दा बढी गीतमा शब्द संगीत भरेका छन् भने त्यतिनै संख्याका गीतमा मोडलीङ गरेका छन् । बुबा क्याप्टेन टक बहादुर र आमा रुप कुमारी खाँडको पहिलो सन्तानको रुपपा मल्याङकोट–३,घोर्लेचौर स्याङ्जामा जन्मिएका हुन् उनी । बाल्यकालमा लजालु स्वभावका उनी धेरै बोल्दैनथे । एक वर्षसम्म गाउँमा शिक्षणपेशा समेत उनले  गरे । उपस्थित दर्शकको ध्यान आफुतिर आर्कषित गर्ने खुबी भएका उनले स्टेज कार्यक्रममा दर्शकको राम्रो सर्पोट पाउँछन् । हालै मात्र लगातार एक महिनासम्म  मेला र महोत्सवमा आफ्नो प्रस्तुती राखेका उनी आइतबार पोखरामा आयोजित व्यापार मेलामा झुल्किए । उनको प्रस्तुतीमा पोखरेली दर्शकले खुलेरै साथ दिए । यसरी नेपालका झण्डै सबै जिल्लामा पुगेर आफ्नो प्रस्तुति सुनाइसकेका खाँड विदेशका विभिन्न कार्यक्रममा सहभागी भैसकेका छन् ।







Post a Comment

 
Top