0
गोल्डेन न्यूज संवाददाता
जारी विग आइकन अन्तरगत सोमबार भएको अडिसनमा प्रमिला बराल बाहिरिएपछि प्रतियोगिता उत्कृष्ट पाँच चरणमा आईपुगेको छ । स्रोता र निर्णायकको मतका आधारमा प्रमिला प्रतियोगिताबाट बाहिरिएकी हुन् । ‘मैले विग आइकनबाट धेरै कुरा सिक्ने मौका पाएँ । र, पहिलो पटकमै यति धेरै सफलता पनि प्राप्त गरेँ ।’ बाहिरिने क्रममा प्रमिलाले भनिन्–‘संगीत मेरो लागि रहर थियो, विग आइकनमा सहभागी भैसकेपछि अब यो मेरो प्यासन भएको छ ।’ साथै उनले आफूसहित गायन प्रतिभाहरुलाई उत्कृष्ट मञ्च प्रदान गरेको प्रति विग एफएमलाई धन्यबाद दिईन् । त्यसैगरि उत्कृष्ट पाँच प्रतिस्पर्धीलाई सफलताको शुभकामना समेत दिईन् । प्रमिला बाहिरिएसँगै प्रतियोगितामा अब अनु गुरुङ, अम्बिका पुन, साजन आले, सृष्टि गुरुङ र सौगातबीच प्रतिस्पर्धा हुनेछ । उत्कृष्ट ५ प्रतिस्पर्धीहरुमध्ये विहिबार हुने अर्को चरणको अडिसनमा एक जना बाहिरिने एफएमले जनाएको छ । प्रतिस्पर्धीहरुलाई अगाडि बढाउन स्रोताहरुले समेत भोट गर्न सक्ने एफएमले जनाएको छ । विग एफएमले दिएको जानकारी अनुसार अबका दिनमा उत्कृष्ट तीनसम्म हरेक अडिसन बाट एक जनामात्रै प्रतिस्पर्धी बाहिरिनेछन् । र, उनीहरुको निर्णयअधिकारमा निर्णायकको ६० र स्रोताले गर्ने एसएमएस भोटिङको ४० प्रतिशत हिस्सा हुनेछ । विग आईकनको यो सँस्करणमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, सुनील थापा र विनोद बाँनिया निर्णायकको रुपमा रहेका छन् । 
सोमबार भएको उत्कृष्ट पाँच छनौट राउण्डमा ¥याण्डम रिडर्स सोसाईटी अफ नेपालका परिकल्पनाकार गनेस पौडेल, त्रिवेणी संगीतालयका प्रशिक्षक नवराज बरालले विग आइकनका प्रतियोगीहरुलाई सफलताको शुभकामना दिए । साथै सोहि अवसरमा संगीत प्रशिक्षक नवराज बरालले फाईनलमा भिड्ने उत्कृष्ट तीन जना प्रतिस्पर्धीलाई तीन महिनासम्म निःशुल्क संगीत प्रशिक्षणको व्यवस्था गर्ने वचन दिए । सोमबार नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीका सल्लाहकार रमेश थापा, एब्स्ट्राक्यट एजुकेशन नेटवर्कका कार्यकारी निर्देशक उपेश भारी लगायतको पनि विशेष उपस्थिति थियो । 
छैटौं बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।


Post a Comment

 
Top