0
गोल्डेन न्यूज संवाददाता
युवा गजलकार आर.सी. अधिकारीको दोस्रो गजल सङ्ग्रह ‘खाडीको सुन’ को शनिबार पोखरामा लोकार्पण गरिएको छ । कृतिका प्रकाशक गजल सन्ध्या, पोखराकी अध्यक्ष बिर्सना बस्नेतको अध्यक्षतामा भएको कार्यव्रmममा कृतिको लोकार्पण गर्दै पोखरेली गजल सारथी दीपक समीपले पोखराले नेपाली गजलका क्षेत्रमा छुट्टै पहिचान बनाइसकेको बताए । कृतिको समीक्षा गर्दै सम्मोहन साहित्यिक पत्रिकाका सम्पादक तथा गजलकार सुरज उपाध्यायले गजलकार आर. सी.ले कुनै सिद्धान्तभन्दा पनि अनुभव र अनुभूतिले गजल लेखेकाले हृदयस्पर्शी भएको बताए । गजलकार श्रीप्रसाद गौतमले गजलकार अधिकारीको परिचय दिएको कार्यव्रmममा लेखकीय मन्तव्य राख्दै अधिकारीले आफूले जीवनमा देखेका र भोगेका कुराहरुलाई गजलमा उतार्ने प्रयास गरेको बताए । सन्ध्याका उपाध्यक्ष अमुत सुवेदी गुराँसको स्वागत र सहसचिव मोहन भण्डारीको सञ्चालनमा भएको कार्यव्रmममा सल्लाहकारहरु रुपिन्द्र प्रभावी, ईश्वरमणि अधिकारी र लक्ष्मण थापाले पनि बोलेका थिए । उक्त अवसरमा १५३ औँ गजल वाचन पनि सम्पन्न भएको छ । कार्यव्रmममा हेम सुवेदी, अम्बिका भण्डारी, रीता लामिछाने, रामकुमार फुच्चे, माया कुँवर, मिर्मिसा पराजुली, अर्घेलो, जनक दुलाल, कोसिस ओझा, अजय अनमोल, कल्पना पुर्जा, स्मृति पुर्जा, सफल बुढाघरे, विवश बाबु, लक्ष्मण बाँस्तोला चिन्तन, आर्या त्रिपाठी, किसान, हरिकृष्ण पोखरेल, खड्कराज वसन्त, विवश थापा, सुरज उपाध्याय, छन्दिका त्रिपाठी, लक्ष्मी थापालगायतले गजल वाचन गरेका थिए ।

Post a Comment

 
Top