0
कान्तिपुर इन्टिच्युट अफ हेल्थ साइन्सले आफ्नो स्थापनाको ११ औं वार्षिकोत्सव र कान्तिपुर डेण्टल हस्पिटलको १६ औं वार्षिकोत्सवको अवसरमा स्थापना गरेको कान्तिपुर रिसर्च एण्ड कम्युनिटी डेभलपमेण्ट फण्डमा स्वतस्फूर्त आर्थिक सहयोग आउने क्रम जारी रहेको जनाइएको छ। उक्त फण्डमा युवा उद्यमी तथा पर्यटन व्यवसायी एवम् एन आर एन हङकङका सदस्य जनकराज पहारीले एक लाख रुपैयाँ नगद सहयोग गरेका छन्। उक्त सहयोग रकम इन्स्टिच्युटका अध्यक्ष बुद्धिमान श्रेष्ठलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो। लेकसाइड पोखरा निवासी पहारीले दुर्गम भेगका गरिब दुखीहरुको मुख स्वास्थ्य उपचारमा यस संस्था मार्फत सहयोग पु¥याउन पाएकोमा खुसी व्यक्त गरेका थिए। उनले कान्तिपुर डेण्टल हस्पिटलले थालेको यो अभियान सफल पार्न सबैले मन फुकाएर सहयोग गर्नुपर्ने विचार व्यक्त गरे। उक्त कोषमा माघ २१ गते लेकसाइडकै पर्यटन व्यवसायी मनोज श्रेष्ठले २५ हजार र राप्रपा युवक संगठनका केन्द्रीय सदस्य हिक्मत जंग कार्कीले १५ हजार नगद सहयोग गरेका थिए। कान्तिपुर डेण्टल हस्पिटलले ग्रामीण दुर्गम भेगका जनताहरुलाई मुख स्वास्थ्य सम्बन्धी निशुल्क उपचार एवम् जनचेतना फैल्याउने उद्देश्यले स्थापित रिसर्च एण्ड डेभलपमेण्ट कोषले आफ्नो लक्ष्य र ठोस उद्देश्य पुर्तिका लागि मात्र रकम खर्च गर्ने नीति लिएको संस्थाका अध्यक्ष श्रेष्ठले बताए। हाल गण्डकी र धौलागिरिका विभिन्न जिल्लाका गाउँ बस्तीहरुमा यो कार्यक्रम सञ्चालन गरिरहेको र आउँदा दिनमा क्षेत्र विस्तार गरिने योजना रहेको हस्पिटलकी प्रशासकीय अधिकृत सीता श्रेष्ठले बताइन्।

Post a Comment

 
Top