0
राजाराम पौडेल÷गोल्डेन
एक दर्जन नेपाली फिल्ममा अभिनय गरेर दर्शकमाझ परिचित बनेका पोखरेली नायक कुशल थापाले अब भने जस्तो पायो त्यस्तो फिल्ममा अभिनय नगर्ने बताएका छन् । छनोट नगरि फिल्म खेल्दा दर्शकको नजरमा पर्न गाह्रो भएको बुझाइ उनको छ । ‘अब जस्तो पायो त्यस्तो फिल्म खेल्दिन, चुज गरेर मात्र फिल्म खेल्छु ।’ उनी भन्छन्  ‘छनोट नगरि फिल्म खेलेको कारण फिल्मको संख्या बढेपनि सन्तुष्टी मिलेको छैन ।’ यहि कारण यो बीचमा केहि फिल्मबाट अभिनय गर्ने अफर आएको भएपनि आफूले अस्वीकार गरेको उनले बताए ।  
वि.स.२०६४ मा नेपाली चलचित्र ‘धर्मात्मा’ मा अभिनय गरेर नेपाली फिल्मी क्षेत्रमा थापाले डेब्यु गरेका थिए । यो फिल्ममा उनले डाक्टरको भूमिकामा अभिनय गरेका थिए । यो फिल्म पश्चात प्रदिप श्रेष्ठद्वारा निर्देशित ‘दुईपल’ फिल्ममा उनले दिलिप रायमाझी को भाइको भूमिका निभाएका थिए । हालसम्म एक दर्जन फिल्ममा अभिनय गरिसकेको भएपनि उनले अभिनय रहेको  दुई फिल्म सोवित बन्स्नेतद्वारा निर्देशित ‘कन्यादान’ र गोविन्द गौतमद्वारा निर्देशित ‘सिन्दुर’ व्यवसायिक रुपमा सफल भए । उनको अभिनय रहेको एन आर घिमिरेद्वारा निर्देशित तिम्रो लागि, सोभित बस्नेतको निर्देशनमा राज, राजु गिरीद्वारा निर्देशित चन्द्रावती, राम्जी लामिछानेको निर्देशनमा शान, वासुदेव पौखेरलद्वारा निर्देशित पल्टन, दिपक श्रेष्ठद्वारा निर्देशित मैले भुल्नै सकिन र राजेन्द्र खड्गीको निर्देशनमा नथिङ इम्पोसिबल व्यवसायिक रुपमा असफल रहे । उनै पोखरेली कलाकार थापाले मुख्य भूमिका निभाएको फिल्म ‘टिचर’ यतिबेला प्रदर्शन भैरहेको छ । व्यापारिक रुपमा समेत सफल हुदैँ गरेको यो फिल्मबाट भने उनको चर्चा बढ्दै गएको छ । नेपालका विभिन्न ठाउँमा प्रर्दशन भइसकेको यो फिल्म केहि ठाउँमा प्रर्दशन भैरहेको छ । केहि ठाउँमा अब प्रदर्शन गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ । नेपालका अलावा मलेसिया, डेनमार्क, सिङ्गापुर, दुवई, जर्मन, बेल्जियममा यो फिल्मको विशेष प्रदर्शन भै सकेको छ । फिल्म टिचरमा शीर्ष भूमिकामा अभिनय गरेका पोखरेली नायक थापा यो फिल्मले आफ्नो फिल्म करियरलाई मजबुत बनाउनेमा विश्वस्त छन् । सन्देशमूलक यो फिल्ममा अभिनयलाई प्रभावकारी बनाउन निकै मेहनत गरेको थापाले सुनाए ।  ‘टिचर पात्रलाई जीवन्तता दिन मैले गरेको दुःख दर्शकबाट प्राप्त प्रतिक्रियाले बिर्साइदिएको छ ।’
यसैगरी उनको मुख्य भूमिका रहेको फिल्म ‘बद्री’ प्रर्दशनको तयारीमा छ । फिल्ममा प्रहरी अधिकृतको भूमिका निभाएका उनी यो फिल्मबाट आफ्नो लोकप्रियता बढ्नेमा आशावादी देखिन्छन् । सञ्चारकर्मी कुमार आर्चायले निर्माण गरेको वद्री फिल्मको निर्देशन बिजयविक्रम बस्नेतले गरेका छन् । उनले अभिनय गरेको गोविन्द गौतमद्वारा निर्देशित फिल्म ‘स्काउट’ पनि प्रर्दशनको तयारीमा छ । लेखनाथ १० वेगनास कास्कीमा बुबा कमल र आमा कमला थापाको दास्रो सन्तानको रुपमा उनको जन्म भएको हो । बाल्यकालमा चकचके स्वभावका थिए । अरुभन्दा आफूलाई फरक देखाउन चाहने खालको बानी उनको थियो । अरुले आफूले भन्दा राम्रा खेलौना बनायो भने त्यसलाई विर्गादिने  गर्थे । 
दुई कक्षासम्म जन्मठाउँ वेगनासमा अध्ययन गरेका उनी त्यसपछि पोखराको जनप्रिय उच्च मा.वि., पार्दी उच्च मा.वि, अम्मरसिँह उच्च मा.वि. हुदै चितवनको जन जागृत उच्च मा.वि.बाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे । सानै उमेरदेखि फिल्ममा हिरो बन्ने सपना बुनेका उनको ध्यान पढाइमा खासै थिएन । कपाल पाल्ने, अरुको भन्दा फरक ड्रेसअप उनले गर्थे । फिल्मको हिरो बन्ने भूत चढेकाले आफूलाइ अरुभन्दा फरक राख्ने प्रयास उनको थियो । त्यस समयमा नेपाली र हिन्दी फिल्म खुबै हेर्थे ।  साहरुख खान र राजेश हमालको अभिनयबाट असाध्यै प्रभावित थिए । साहरुख खानको फोटो हेरी उसले लाएकै जस्तो कपडा किन्ने भन्दै पसल चाहर्थे । चितवनको स्कुलमा पढ्दा नाटकमा अभिनय गर्ने र नृत्य गर्ने गरेका थिए ।
प्रवेशिका परीक्षा उत्तीर्ण भएपछि पोखराको पृथ्वीनारायण क्याम्पसमा उच्च शिक्षाका लागि उनी भर्ना भए । फिल्मी भूत चढेकोले पढाइमा आवश्यक समय दिन सकेनन् । फलस्वरुप उनको अध्ययनको प्रमाणपत्रतहमानै पूर्णविराम लाग्यो । पोखरामा आरके मोडल एण्ड प्रोडक्सन नामको मोडलिङ अफिस सञ्चालन गरे । नेपाली
फिल्म क्षेत्रमा प्रवेश गर्ने सपना बुनेका उनी पोखराबाट वि.स.२०५४ मा काठमाडांै हानिए । काठमाडांै पुगेर फिल्म क्षेत्रमा अभिनय गर्ने अवसर पाउने आशामा विभिन्न अडिसनमा भाग लिए । फोटो सेसन गर्नुपर्ने ड्रेस भाडामा लिनुपर्ने भएकाले त्यतिबेला उनको पैसा पनि धेरै खर्च भयो । तर उनी आफ्नो लक्ष्यमा पुग्न सकेनन् । अब राजधानीमा बसेर अगाडि बढ्न सहज नहुने भो भन्ने निष्कर्षका साथ जन्मथलो पोखरा फर्किए ।
पोखरा फर्किएपछि बुबाको हाइड्रोपावरमा काम गरे । तर पनि उनको दिमागमा रहेको फिल्मी भूत हट्न भने सकेन ।  पोखरामा कुनै फिल्मको सुटिङ भयो भने पुगिहाल्ने र कलाकार निर्देशकसँग परिचय गर्ने उनको बानी थियो । राजेश हमाल, निखिल उप्रेती, दिलिप रायमाझी, सुशिल क्षेत्री, धिरेन शाक्य, सोभित बस्नेत लगायतका कलाकारसँग उनको निकटता बढ्यो । हुन त कलाकार तथा  फिल्म निर्देशकलाइ कसरी हुन्छ आफ्नो बनाउने प्रयास उनले गर्थे । पुरानो धारका फिल्म र आफ्नो भूमिकालाई महत्व नदिइ हल्का रुपमा फिल्म खेल्दा स्थापित हुन गाह्रो परेको उनको अनुभव छ । ‘एक फिल्म हिट भयो भने कलाकारको लोकप्रियता र अवसर दुवै उचाइमा पुग्छ, तर टिक्न त्यति सजिलो  छैन’–थापाले भने ।
उनले विष्णु माझीले आवाज भरेको दोहोरी गीत र अञ्जु पन्तले स्वर भरेको ‘माया गर्छु’ गीतमा मोडलिङ गरेका छन् । मंगोलीयन हर्ट व्याण्डको राजु लामाको आवाजको एक गीतको भिडियो निर्देशन गरेका उनले जगदब्बा सिमेन्टको विज्ञापनमा अभिनय गर्न समेत भ्याएका छन्् ।
नेपाली फिल्म क्षेत्रमा निरन्तर अगाडि बढ्ने योजना बनाएका उनी फिल्म आफै निर्माण गर्दैछन् । स्क्रिफ्ट लेखन भैरहेको जनाउँदै आफूले निर्माण गर्ने फिल्ममा निर्माण सँगै निर्देशन अथवा अभिनय एक रहने जनाएका छन् । ‘निर्देशक अरुलाइ राखे भने म आफूले अभिनय गर्छु, निर्देशन आफैले गर्ने भए भने अभिनय गर्दिन’–उनले भने । नेपाली टेलिफिल्म हिजो आजका कुरा र तितो सत्यमा समेत उनले अभिनय गरेका थिए । उनले आफ्नो अभिनयमा निखारता प्रदान गर्न भन्दै राजधानी कला केन्द्रमा दिनेश अधिकारीसँग नृत्य, रोशन श्रेष्ठसँग द्वन्द, विरेन्द्र हमालसँग अभिनय सिकेका थिए । 
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm






Post a Comment

 
Top