0
गोल्डेन न्यूज संवाददाता
नेपाल विद्यार्थी संघ कास्कीले शोक विज्ञप्ति जारी गर्दै कोइरालाको निधनले विद्यार्थी संघलाई ठूलो क्षति पुगेको उल्लेख गरिएको छ । संघका प्रवक्ता विशाल बरालद्वारा जारी विज्ञप्तिमा असल अभिभावक गुमाउँदाको पीडाले सिङ्गो संगठनलाई विक्षिप्त बनाएको भन्दै समवेदना व्यक्त गरेका छन् । राजनीतिमा अग्रणि भूमिकामा रहेका कोइरालाले संविधान निर्माण तथा पार्टीलाई बलियो बनाउन खेलेको भूमिकालाई आत्मसात् गर्दै उनको जीवनीबाट पाठ सिक्नुपर्ने प्रवक्ता वरालले विज्ञप्तिमा उल्लेख गरेका छन् । कोइरालाप्रति सच्चा सम्मान भनेको उनले देखाएको बाटोमा हिड्न सक्नुपर्ने भन्दै संविधान कार्यन्वयनमा नेपाली काँग्रेस अग्रस्थानमा रहन नेतृत्वलाई आग्रह गरिएको छ ।यसैगरी नेपाली काङ्ग्रेसको भातृ संगठन स्कूल अफ डेमोक्रेसी कास्कीले पूर्व प्रधानमन्त्री एवं पार्टी सभापति शुशिल कोइरालाको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ । संगठनका अध्यक्ष सुवर्णजंग केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भौतिक शरीर नभएपनि कोइराला सधैं नेपालीहरुको मनमा जीवित रहनुहुने उल्लेख छ ।  स्वर्गीय कोईरालाले राजनीतिज्ञमा हुनुपर्ने गुण ईमान्दारिता हो भन्ने पाठ सिकाउनुभएको पनि विज्ञप्तिमा उल्लेख छ ।

Post a Comment

 
Top