0
गोल्डेन न्यूज संवाददाता
ईन्ट्र¥याक्ट  क्लव अफ अन्नपूर्ण बालमन्दिरको संयक्त आयोजनामा बालमन्दिर उच्च मा.बि.नदीपरमा बादविवाद प्रतियोगिता सम्पन्न भयो । रोटरी स्थापनाको १११आंै बर्षको उपलक्ष्यमा आयोजित प्रतियोगिता रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष कल्याण कर्माचार्यको सभापतित्वमा भएको थियो । कार्यक्रममा बिद्यालयमा अध्ययनरत बिभिन्न कक्षाका १२ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा  अग्रता शर्मा प्रथम, आयशा थापा द्वितीय, गौरव अधिकारी तृतीय र कृति थापा सान्त्वना भएका थिए । विजयी विद्यार्थीहरुलाई क्लबले पूरस्कार र मायाको चिनो प्रदान गरेका थिए । 
क्लबका पूर्व अध्यक्ष तथा संयोजक दिनेश शंकर पालिखेले संचालन गरेको कार्यक्रममा ईन्ट्र¥याक्ट क्लव अफ अन्नपूर्ण बालमन्दिरका अध्यक्ष विकास बसौला, बालमन्दिर उच्च माध्यमिक  बिद्यालयका शिक्षक तिलक कार्की, प्राचार्य शशी बस्नेत, रोटरी क्लब अफ अन्नपूर्णका पूर्वअध्यक्ष कृष्णमान गुभाजु, सदस्य प्रकाश उदास र लक्की कार्की   लगायतले आ–आफ्नो भनाइ राखेका थितए । विश्वमा १२० देशमा  फैलिएको ईन्ट्र¥याक्ट  क्लव क्लवले   युवाहरुको  विकासमा विशेष ध्यान दिने गरेको दिनेश शंकर पालिखेले बताए ।

Post a Comment

 
Top