0
लमजुङको सिङ्दी गाउँमा विगत २ वर्षदेखि खानेपानीको अभाव भएपछि थप खानेपानी आपूर्ति गराउनको लागि जर्मन सरकारले ५ लाख बराबरको खानेपानी पाईप सिङ्दीबासीलाई प्रदान गरेको छ । हिमाली बालकल्याण संरक्षण मंच एफएनएचका अध्यक्ष आलेक्स जेण्डरस्मिथले ल्होसार पर्वको अवसर पारि उक्त गाउँमा थप खानेपानीको लागि  ५ लाख बराबरको खानेपानी पाईप गाउँलेलाई हस्तान्तरण गरेका हुन् । खानेपानीको अभावमा विगत २ वर्षदेखि गाउँलेहरु खोलासम्म धाएर पानी ल्याउँने गरेको गाउँका समाजसेवी टंक प्रसाद गुरुङले बताए । खानेपानीका लागि धेरै दुःख खेप्नु परे पछि सहयोगका लागि संस्थासँग अपिल गरेका हौँ, उनले भने । क्रबाआजी तमु समाज सिङ्दी, समाजसेवी टंकप्रसाद गुरुङ तथा रामसुब्बा गुरुङका पहलबाट उक्त खानेपानीको पाईप प्राप्त भएको गाउँलेले बताए । १५ वर्ष पहिले केएए हङकङबाट खानेपानीलागि सिङ्दी गाउँमा खानेपानी विकास कार्यक्रम संचालन भएपनि २ वर्ष यतादेखि देखिएको जलवायु परिवर्तनले मुहानहरु नराम्री प्रभावित हुँदा पानीको स्रोतहरु घटेको गाउँलेको भनाई छ ।

Post a Comment

 
Top