0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा माछापुच्छ«े भिलेजले शनिबार पोखरा स्थित पार्दी बिरौटामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको लायन्स क्लवका पिएमसिसि प्रेमबहादुर श्रेष्ठले प्रथम रक्तदाता खिमराज आचार्यलाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । उद्घाटन गर्दै श्रेष्ठले स्थापनाको छोटो समयमा नै सो क्लवले परिपक्व उदाहरणीय सामाजिक कार्यहरू गरेकोमा बधाइ दिदै एक सवल र सक्षम क्लवको रूपमा आफूलाई स्थापित गरेको बताए ।
कार्यक्रममा बिरौटा क्लवका अध्यक्ष सूर्य बराल, एमजेएफ  किशोर बराल, ब्लड बैंक स्थापना समितिका अध्यक्ष सोनाम साङ्पो लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा कूल रुरुरु जनाले रक्तदान गरेको सो क्लवले जनाएको छ । क्लवका अध्यक्ष शिवराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य द्वितीय उपाध्यक्ष तथा कार्यक्रमका संयोजक तीर्थराज आचार्यले व्यक्त गरेका थिए भने ध्वजाको बन्दना कोषाध्यक्ष तीलबहादुर गुरुङ र संचालन सचिव शोभाकान्त पौडेलले गरेको उक्त क्लवका निर्देशक रामजीप्रसाद लम्सालले जानकारी दिए ।



Post a Comment

 
Top