0
गोल्डेन न्यूज संवाददाता
रेडियो जननीले आफ्नो दोस्रो वार्षिकोत्सव विविध कार्यक्रम गरि भव्यताका साथ मनाउने भएको छ । उद्यमशिलता, स्वतन्त्रता र समानताको नारालाई आत्मसात गर्दै स्थापना भएको पद्मावती मिडिया प्रालिद्वारा संचालित रेडियो जननीले मार्च ८ का दिन दोस्रो वर्षमा प्रवेशको अवसरमा विविध कार्यक्रम गर्न लागेको सोमबार एक कार्यक्रमका बीच जानकारी गराएको छ । रेडियो जननीका स्टेशन म्यानेजर विमला भण्डारीले वार्षिकोत्सवका अवसरमा रेडियोले पोखराका २९ वटै वडाका क्रियाशिल महिलाहरुको समूह मध्ये उत्कृष्ट ३ वटा समूहलाई जननी अवार्ड–२०७२ बाट सम्मान गरिने बताइन । उनले विभिन्न क्षेत्रमा सक्रिय रुपमा लागेका महिलाहरु लाई जननी सम्मान–२०७२ बाट सम्मान गरिने बताउँदै यस वर्ष पनि अघिल्लो वर्ष जस्तै स्मारिका प्रकाशनलाई निरन्तरता दिइने जानकारी दिइन । जननी अवार्ड २०७२ का संयोजक उज्ज्वल खत्रीले महिलाहरुले समाजमा गरेका कामको मूल्याङ्कन गर्दै जननी अवार्ड र जननी सम्मान गर्न लागिएको बताउँदै यस्ता सम्मानहरुले महिलाहरुलाई समाजमा अझ सशक्त भएर लाग्ने प्रेरणा मिल्ने बताए । उनले सबै महिला दिदि बहिनीहरुलाई मार्च ८ का दिन सम्मान गरिने बताउँदै आफूहरुले गरेको कामको लेखाजोखा गर्न आग्रह गरेका छन् । जननी अवार्ड छनोट समितिका सदस्य लोकदर्शन कोइरालाले महिलाहरुलाई सशक्त बनाउने उद्देश्यले जननी अवार्डलाई निरन्तर दिएको बताए। उनले महिला समन्वय समितिका प्रतिनिधिहरु लाई जननी अवार्डमा सहभागिताका लागि फर्म भर्ने तरिका, फर्ममा समावेश गर्ने विषयवस्तुको बारेमा जानकारी दिँदै पारदर्शिताका साथ फर्म भर्न आग्रह गरे ।
रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले महिला उद्यमीद्वारा सञ्चालित र महिला मात्र कार्यरत रेडियो जननीले विगतका दिनहरुमा महिलाहरुलाई समाजमा अग्रसरता गराउनका लागि विभिन्न तालिमहरुको आयोजना गरी महिलाहरुलाई सक्रिय गराएको स्मरण गर्दै दोस्रो वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गर्न सहयोगका लागि आग्रह गरे । कार्यक्रममा २९ वटै वडाका महिला समन्वय समितिका प्रतिनिधिहरु लाई जननी अवार्डमा सहभागिताका लागि फर्म वितरण गरिएको थियो ।













Post a Comment

 
Top