0
गोल्डेन न्यूज संवाददाता
नेकपा माओबादीका स्थाई समिति सदस्य धर्मेन्द्र बास्तोलाले भारतले नेपालमा लगाएको नाकाबन्दी पहिलो नभएको बताएका छन् । क्रान्तकारी पत्रकार संगठनले पोखरामा गरेको पत्रकार सम्मेलनमा नेता बाँस्तोलाले यो भन्दा पहिला पनि धेरै पटक भारतले नेपाल बिरुद्ध नाकाबन्दी गरिसकेको भएपनि नेपालको प्रणाालीको त्रुटीका कारण नेपालीहरुले दुःख पाएको बताएको बताए । देशको समस्या समाधानमा पनि अहिलेका सत्ताधारीहरुले सहमति गर्न लचकता अपनाउन पर्ने उनको भनाई थियो । अहिलेको समस्या समाधानका लागि सरकार फेरेर नहुने बाँस्तोलाको भनाई थियो । सरकारमा जो भएपनि केही फरक नपर्ने र प्रणाालीमा सुधार नभईन्जेल नेपाली जनताले मुक्ति नपाउने उनको भनाई छ । अर्को एक प्रसङ्गमा उनले अब ५२ सालको तरिकाले युद्ध नहुने बास्तोलाले स्पष्ट पार्दै क्रान्तिको तरिका पनि मौलिकतामा आउने बताए ।











Post a Comment

 
Top