0
पोखराको मासबारस्थित स्टेप वाई स्टेप उच्च मा.वि. ले कक्षा नर्सरी देखि कक्षा दुई सम्मका विद्यार्थीहरूबीच विभिन्न खेलहरू सञ्चालन गरी खेलकुद प्रतियोगिता को सम्पन्न गरेको छ । कक्षागत रुपमा खेलाइएको प्रतियोगितामा चलकेट दौड, बिस्कुट दौड, बेलुन फुटाई, तातो आलु जस्ता खेलहरू संचालन गरिएका थिए । विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले खेल शिक्षक बिमल गुरुङलाई खेलकुदका साम्रगीहरू हस्तान्तरण गर्दै खेलकुद प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा पहिलो दिन मंगलबार नर्सरी, एल्.के.जी. र यू.के.जी. सम्मका खेलहरू खेलाइएको थियो भने कक्षा एक र दुईका विद्यार्थीहरूका खेलहरू बुधबार संचालन भएका थिए ।






Post a Comment

 
Top