0
गोल्डेन न्यूज संवाददाता
पूर्व अर्थमन्त्री डा. रामशरण महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’ चुनिएका छन् । बेलायतको प्रख्यात म्यागेजिन ‘दी ब्यांकर म्यागेजिन’ले आफ्नो सन् २०१६ को अंकमा अर्थमन्त्री महतलाई सन् २०१५ को विश्वकै उत्कृष्ट अर्थमन्त्री चुनेको हो । वैशाख १२ मा नेपालमा गएको विनाशकारी भूकम्प पश्चात अर्थमन्त्रीका रुपमा गरेको कामको मूल्यांकन गर्दै महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्री चुनेको ‘दी ब्यांकर म्यागेजिन’ सन् २०१६ को पहिलो अंकमा उल्लेख गरिएको छ।

महतले नेपालको गएको भूकम्पछि वैकिंङ कानुनमा सकारात्मक परिवर्तन गरेर युवाहरुलाई सहजरुपमा ऋण लिन सक्ने वातावरण मिलाएको श्रेय पनि दिइएको छ। भूकम्पपछिको पूनर्निर्माणका लागि मित्रराष्ट्रहरुबाट सहयोग उठाउन गरिएको दाता सम्मेलन सफल बनाएको भन्दै पूर्वअर्थमन्त्री महतको प्रशंसा गरिएको छ। भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले आयोजना गरेको दाता सम्मेलनमा विभिन्न राष्ट्रवाट साढे ४ अर्ब सहयोग जुटाउन पनि तत्कालिन अर्थमन्त्रीका रुपमा महत सफल भएका थिए।













Post a Comment

 
Top