0
राप्रपा नेपाल कास्की क्षेत्र नं. १ को आयोजनामा लेखनाथको वडा नं.१ र १२ को वडा भेला सम्पन्न भएको छ । हरेक वडा, क्षेत्रमा राप्रपा नेपाल भन्ने राप्रपा नेपालको राष्ट्रिय अभियानलाई सार्थक तुल्याउनको लागि राप्रपा नेपाल कास्कीले कास्की जिल्लाका विभिन्न वडा तथा नगरमा भेला सपन्न गरेको छ । राप्रपा नेपालका लेखनाथ नगरपालिकाको वडा नं. १६, १७, ९, १०, ११ तथा पोखराका वडा नं. ६, २०, २३ वडामा भेला सम्पन्न भएको राप्रपा नेपाल अञ्चल सचिव सूर्य बाँस्तोलाले जानकारी दिए ।  भेला अन्तर्गत लेखनाथ १६ र १७ तथा पोखराको ६ र २३ मा भएको भेलामा बोल्दै प्रमुख अतिथि केन्द्रीय सदस्य तथा अञ्चल संयोजक रमेश बहादुर भट्टराईले पोखरालाई स्मार्टसिटी बनाउन र फेवातालको संरक्षणको लागि पहल गर्न केन्द्रमा विशेष लविङ गरिसकेको बताए । भट्टराईले जनताका पिर मर्कालाई बुझी जनतासँग सहकार्य गरेर जनताका सुख दुःखलाई एकसाथ सहयोग गरेर अगाडि बढ्ने बताए । भेला अन्तर्गत पोखराको वडा नं. २० र लेखनाथको ९, १० र ११ मा भएको भेलामा बोल्दै प्रमुख अतिथि जिल्ला अध्यक्ष जयलाल पुनले राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनले पोखरेली जनतालाई शुद्ध खानेपानीको व्यवस्था गर्न आफ्नो टोलीले पहल गरेको बताए । मुहान नथपी धारा मात्र बाँड्नु अर्थहिन भएको बताउँदै खानेपानीको स्रोतलाई व्यवस्थित गर्न राष्ट्रिय योजनामा पार्न कास्कीको एक टोली कार्यकारी अधिकृत लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुले स्थानीय विकास मन्त्रीलाई ध्यानाकर्षण गरिएको बताए ।









Post a Comment

 
Top