0
गोल्डेन न्यूज संवाददाता
नेपाल लिटरेचर फेस्टिभल शुक्रवारबाट पोखरामा सुरु भएको छ । बुकवर्म फाउन्डेशनको आयोजना र ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालको सह आयोजना सुरु भएको महोत्सव चार दिन सम्म चल्नेछ । महोत्सबको लेखक तथा बेलायती गोर्खा सैनिकको अधिकारको अभियन्ता जेपी क्रसले गरे । उनले विगत ५० वर्षभन्दा बढी नेपालमै रहेर सेवा गर्दै आएको छ । समारोहमा राजनीतिक र आर्थिक विश्लेषक पिताम्बर शर्माले आफ्नो विद्वत प्रवचनमा नेपालले अहिले झेलिरहेको नाकाबन्दी र संघीयता लगायत असहज प्रश्न माथि प्रकाश पारे । उद्घाटन सत्र पश्चात सांसद रविन्द्र अधिकारीको आर्थिक टिप्पणी समेटिएको कृति ‘समृद्ध नेपाल’ को विमोचन गरियो । यसपछि बसन्त बस्नेतले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टीका सचिव योगेश भट्टराई र कान्तिपुरका सम्पादक सुधीर शर्मासँग हाल चर्चित नयाँ शक्ति अभियानको औचित्य र आवश्यकताबारे छलफल गरेका थिए । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले ५ वर्ष काम गर्ने अवसर पाए गरेर देखाउने दाबी गरेका छन् । पोखरामा सुरु भएको साहित्य सम्मेलनको ‘नयाँ शक्ति बहस’मा भाग लिएका भट्टराईले पहिले नेतृत्व गर्दा काम गर्ने समय नपाएको उल्लेख गरे । ‘त्यतिबेला संक्रमणकालीन स्थितिमा थियौं, केही सुरुवात भएको थियो तर ९ महिनामा सरकार गयो,’ भट्टराईले भने,–‘९ महिनामा सबै पूरा गर्ने अपेक्षा गर्छौं भने त्यो सम्भव छैन ।’ भट्टराईले ६÷६ महिनामा सरकार फेरिने संसदीय व्यवस्था अफापसिद्ध भएको बताउँदै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि आवाज उठाउन अपिल गरे । ‘त्यसपछि ५ वर्ष समय दिनुस् त्यो बेला गर्न सकिन भने बाबुराम भट्टराईलाई जे भने पनि हुन्छ,’ उनले भने । भट्टराईले १० वर्षमा गरिवी बेरोजगारी हटाउन र ४० वर्षमा मुलुक समृद्ध बनाउन सकिने धारणा राखे । नयाँ शक्ति बहसमा एमाले सचिव योगेश भट्टराई र कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मासँगै उभिएका भट्टराईले राजनीतिक क्रान्ति समाप्त भएकाले विकास र समृद्धिका लागि नयाँ शक्तिको आवश्यकतामा जोड दिए । ‘४० वर्षअघि सुरु भएको अभियान पूरा भएको छ, संविधान बनाएपछि मेरै नेतृत्वमा त्यो पूरा गरें,’ अब मुलुक नयाँ कोर्षमा अघि बढ्ने बताउँदै भट्टराईले भने, ‘हिजैको विचार, संगठन र सोचले विकास र समृद्धि हनु सक्दैन ।’ एमाले सचिव योगेश भट्टराईले राजनीतिक पार्टी विचारधाराबाट निर्माण हुने उल्लेख गर्दै भट्टराईको विचारविहीन शक्तिबाट ठूलो अपेक्षा नगरेको बताए । उनले भने,–‘कांग्रेस एमाले र एमाओवादी पनि पुराना शक्ति होइनन्, ०६२÷६३ को आन्दोलनबाट विस्थापित शक्तिमात्रै पुराना शक्ति हुन् ।’ कान्तिपुरका प्रधान सम्पादक सुशीर शर्माले बौद्धिक बहस गर्दैमा नयाँ शक्ति नबन्ने जिकिर गरे । ‘वैचारिक राजनीतिक आधारले संगठन बन्छ,’ उनले भने,–‘यो चुनौतिको रुपमा रहेको छ ।’ शर्माले समयको आवश्यकता अनुसार नयाँ शक्ति बन्ने र त्यसलाई कसैले रोक्न नसक्ने उल्लेख गरे । ‘हामी छँदैछौं नयाँ किन चाहियो भन्ने होइन,’ एमाले सचिव भट्टराईको तर्कप्रति शर्माको भनाइ थियो, ‘उसो भए हामी प्रजापरिषदमै रहन्थ्यौं नि ।’ सुधीर शर्माले नयाँ र पुरानो जस्तोसुकै भएपनि देशमा महत्वपूर्ण परिवर्तन ल्याउन सके मात्रकुनै पनि समूहको सान्दर्भिकता रहने उल्लेख गरे । महोत्सबमा ३० भन्दा बढी सत्रहरुमा १०० भन्दाबढी स्रष्टाहरुको संलग्नता रहनेछन् ।




Post a Comment

 
Top