0
गोल्डेन न्यूज संवाददाता
छैटौं पोखरा महोत्सवलाई सफल बनाउन पोखरा नगर क्षेत्रमा रहेका विभिन्न टोलविकास संस्थाहरु र नगर समन्वय समितिले सहयोग गर्ने भएका छन् । सोमबार महोत्सव स्थल अमरसिंह चौरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा युनाइटेड क्लवले आयोजना गर्दै आइरहेको पोखरा महोत्सवलाई विगतमा पनि सहयोग गर्दै आइरहेको र यस पटक पनि सहयोग गर्ने बताएका हुन ।
कार्यक्रममा वोल्दै टोल बिकास संस्था नगर समन्वय समिति पोखराका अध्यक्ष उज्जवल केसीले पोखरा महोत्सव पोखराकै उत्कृष्ट महोत्सव भएकाले यसलाई विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि सम्पूर्ण टोल विकास संस्था र नगर समन्वय एकजुट भएर सहयोग गर्ने बताए । महोत्सवको उद्घाटन समारोहको दिन पोखराका सम्पूर्ण नगर समन्वय समिति र टोल विकास संस्थाको सहकार्यमा विभिन्न आमा समूह, जातजाति भाषाभाषीका समूहलाई ¥यालीमा समाहित गराउने समेत केसीले बताए । युनाइटेड क्लवका अध्यक्ष तथा महोत्सव संयोजक  हिमालय बख्रेलले पोखरा महोत्सव विशुद्ध सामाजिक कार्यका लागि आयोजना हुँदै आएको र सवै पोखरेलीहरुको सहयोगमा आजसम्म आइपुग्दा यो वर्षदेखि पोखरा महोत्सवले पोखरालाई मात्र नभइ लेखनाथ क्षेत्रलाई समेत समेटेर अगाडि बढेको वताए । कार्यक्रममा पोखरा उपमहानगर पालिका भित्र रहेका १८ वटै वडाका टोल बिकास संस्थाका अध्यक्ष सहित पदाधिकारीहरुको सहभागीता रहेको थियो भने क्लवका पदाधिकारीहरुको समेत सहभागिता रहेको क्लवका सल्लाहकार तथा महोत्सवका संघ संस्था तथा झाकी ¥याली संयोजक सम्मरबहादुर श्रेष्ठले जानकारी दिए । 
यसैबीच पोखरा महोत्सव आउन तीन दिन बाँकी हँुदा पोखराको अमरसिंहचोकमा रहेको अमरसिंह महिला समूहले अमरसिंह क्षेत्रको सरसफाइ गरेको छ । आमा समूहले अमरसिंह क्षेत्र संगै महोत्सव स्थलको समेत सरसफाइ गरेको अमरसिंह समूहका अध्यक्ष सबिता श्रेष्ठ रञ्जितले जानकारी दिए ।
महोत्सवको पूर्व सन्ध्यामा अमरसिंह चोक संगै चोक आसपासका नालाहरुको फोहोर हटाइएको रञ्जितले बताए। महोत्सवलाई सफल पार्नका लागि विगतका वर्षहरुमा पनि सहयोग गर्दै आइरहेको र छैठांै महोत्सवको पूर्व सन्ध्यामा महोत्सव स्थलका साथै अमरसिंह आसपासका क्षेत्रहरुलाई आगामी दिनमा पनि सरसफाइलाई निरन्तरता दिने रन्जितको भनाइ रहेको थियो ।







Post a Comment

 
Top