0
पोखरा उप–महानगरपालिका–२५ पुम्दी–भुम्दीमा सञ्चालित“ कालावाङ घरेडी होमस्टे” र तनहु‘ जिल्लाको भानु‘ गा.वि.स. ९ मा संचालित “रानगाउ‘ भाल्डाडॉ होमस्टे” का सञ्चालक समिति, स्थानीय सरकारी प्रतिनिधिहरु, पत्रकार साथै होस्ट परियोजनाका कर्मचारीहरुको सहभागितामा २ दिने फिल्ड अनुगमन भ्रमण कार्यक्रम लमजुङ्गको काउलेपानी होमस्टेमा सम्पन्न भयो । 
जेएमडिआई होस्ट परियोजनाद्वारा सञ्चालित कार्यक्रम होमस्टे सम्वन्धी गहन अध्ययन गर्ने प्रायोजनले आयोजना गरिएको जानकारी होस्ट परियोजनाका कार्यक्रम संयोजक प्रकाश विश्वकर्माले बताए । काउलेपानी होमस्टे पाहुँनाहरुको आथिथ्यता, स्वागत तथा विदाई कार्यक्रम नेपालकै होमस्टेहरु मध्य सवैभन्दा उत्तम मानिन्छ । यो नेपालकै एक नमूना गाउँ हो । प्राकृतिक सौन्दर्यता, आदर सत्कार साथै गुरुङ्ग, नेवार र भुजेल समुदायको मिश्रण नै हाम्रो होमस्टेको पृथक शैली हो भनेर काउलेपान्ी होमस्टेका अध्यक्ष देव गुरुङ्ग बताउँछन्।
४० जनाको जम्वो समूह उक्त भ्रमणमा सहभागिता थियो । हाम्रो होमस्टे भन्दा धेरै राम्रो व्यवस्थापकीय शैली, पाहुँनालाई गरिने आदर–सत्कार, सरसफाई देख्न पायांै भनेर तनहुँ जिल्लामा संचालित रानागाउ भाल्डाँडाका सचिव रुप बहादुर राना बताउछन् । होमस्टे भ्रमणका सहभागीहरुलाई होमस्टे सञ्चालनमा भोगेका समस्या, चुनौतिहरुका बारेमा काउलेपानी होमस्टेका संचालकहरुले विस्तृतरुपमा जानकारी गराएका थिए । 
ग्रामिण पर्यटनले आप्रवासन कम गरी गाउँलाई स्वावलम्वी बनाउने, दिगो विकास गर्ने र स्थानिय संस्कृतिलाई होमस्टे मार्फत प्रर्वद्धन गर्न युरोपियन युनियन र स्वीस सरकार विकास सहयोगको आर्थिक सहयोगमा जेएमडिआई होस्ट परियोजनाको  कार्यान्वयन एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एशियन फोरम) ले कास्की जिल्लाको पोखरा उपमहानगरपालिका २५ पुम्दी–भुम्दीमा ‘कालावाङ घरेडी होमस्टे’ र तनहु‘ जिल्लाको भानु‘ न.पा. ४ मा सञ्चालित “रानागाउ‘ भाल्डाँडा होमस्टे कार्यान्वयन गरिआएको छ । । यसै कार्यक्रम अन्तर्गत दुवै जिल्लामा सञ्चालित होमस्टेलाई व्यवस्थित गर्न कुक तालिम, होमस्टे तालिम, हस्पिटालिटी तालिम चाडै नै होमस्टे सञ्चालकलाई प्रदान गरिएकोे जानकारी जे.एम.डि. आई परियोजनाका कास्की जिल्लाको सूचना अधिकृत विवेक गुरुङ्गले जानकारी दिए । 
भ्रमणमा सहभागीहरुले एक रात बसी पाहुँनलााई राख्ने कोठा, सजावट, समितिको कार्यप्रणली, साँस्कृतिक संयोजन सम्वन्धी अध्ययन गरी फर्किएको जानकारी एसियन फोरमका अध्यक्ष निरज थापाले जानकारी दिए । हाम्रो होमस्टे सञ्चालनमा यस अध्ययन भ्रमणले थप टेवा पु¥याएको र हाम्रो होमस्टेलाई नेपालकै उत्कृट बनाउमा उत्साह थपेको जानकारी भ्रमणमा सहभागी कास्की जिल्लाको कालावाङ्ग घरेडीका अध्यक्ष राजबहादुर गुरुङ्ग बताउछन् ।














Post a Comment

 
Top