0
गोल्डेन न्यूज संवाददाता
४०औं राष्टिय एकता र मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस लेखनाथ नगर समिति, कास्कीद्वारा बिपी स्मृति भवन लेखनाथमा बिहीबार आयोजित अन्तक्र्रियामा राष्ट्रिय एकता र मेलमिलाप वर्तमान सन्दर्भमा पनि उत्तिकै अपरिहार्य भएकामा जोड दिइएको छ । राष्ट्रियता र लोकतन्त्रलाई एक साथ अघि बढाउँदै देशलाई समृद्धिको मार्गमा उन्मुख गराउन बिपी कोइरालाले अङ्गिकार गरेको राष्टिूय एकता र मेलमिलापको सिद्धान्तलाई प्रमुख राजनीतिक शक्तिहरूले आत्मसात् गर्नुपर्नेमा वक्ताहरूको जोड थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री महेश आचार्यले बिपी कोइरालाले अघि सारेको राष्टिूय एकता र मेलमिलापको नीति अङ्गिकार गरी काँग्रेसको नेतृत्वका हालसम्मका परिवर्तन हुँदै आएको उल्लेख गरे । राष्ट्रिय एकता र मेलमिलापकै जगमा नेपालले नयाँ लोकतान्त्रिक संविधान प्राप्त गरेको बताउँदै उहाँले यसको कार्यान्वयनका लागि पनि काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।
नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाटले देशको विद्यमान सङ्कटग्रस्त अवस्थाको समाधानका लागि नेपाली काँग्रेसले राष्टिूय एकता र मेलमिलापको सिद्धान्तलाई आत्मसात् गरी अग्रसरता लिनु आवश्यक भएको बताए । प्रत्येक नेपालीबीचको भावनात्मक एकता वर्तमानको आवश्यकता भएको चर्चा गर्दै उनले राजनीतिक दलहरूले राष्ट्रिय हितलाई सर्वोपरी राख्दै अघि बढ्नुपर्ने बताए ।
नेपाली काँग्रेस, कास्कीका सभापति एवम् सांसद यज्ञबहादुर थापाले बिपी कोइरालाले राष्टिूयता र प्रजातन्त्रलाई राष्टिूय एकता र मेलमिलापका माध्यमबाट जोड्न खोजेको बताउँदै उनको यही दृष्टिकोणलाई लिएर काँग्रसले नेपालका विभिन्न राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गरे । नेपाली काँग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणि लामिछानेले देशमा राष्ट्रियता र प्रजातन्त्रका स्थापनाका लागि मृत्युदण्डको समेत प्रवाह नगरी बिपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको घोषणा गरी स्वदेश फर्केको बताए । 
कार्यक्रममा नेपाली काँग्रेस, कास्कीका पूर्व सभापति सोभियत बहादुर अधिकारी, पार्टीका जिल्ला सचिवद्वय कृष्ण केसी र युवराज कुँवर, महाधिवेशन प्रतिनिधि प्रकाशमोहन खनाल, विश्वराज लामिछाने, पे्रमकुमार श्रेष्ठलगायतले राष्टिूय एकता र मेलमिलापको वर्तमानमा पनि उत्तिकै आवश्यकता रहेको बताउँदै देशको विद्यमान सङ्कटको समाधानमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।


Post a Comment

 
Top