0
गोल्डेन न्यूज संवाददाता
गृहमन्त्री शक्ति बस्नेतले केहि दिनभित्रै आपूर्ति व्यवस्था सहज हुने बताएका छन् । पोखरामा बिहिबारबाट सुरु भएको छैटौं पोखरा महोत्सवको उद्घाटन गर्दै मन्त्री बस्नेतले अहिले कायम असहजताको छिट्टै अन्त्य हुने भन्दै परिस्थितिमा सुधार आउने संकेत गरे । जारी समस्या समाधानको लागि राजनीतिक र कुटनीतिक रुपमा पहल भैरहेकाले केहि दिनमै आपूर्ति व्यवस्था सहज हुने उनको दावी छ । समस्या समाधानका लागि गम्भीर छलफल र वार्ता भैरहेको जानकारी दिदै उनले आपूर्ति सहज बनाउन सरकार प्रयत्नशिल रहेको बताए । कतिपय कुराहरु राजनीति र कुटनीतिक मर्यादा तथा परिधि भन्दा बाहिर रहेकाले त्यसलाई शान्ति सुरक्षा कायम गर्ने सवालमा सोहि अनुसार सरकार प्रस्तुत हुने मन्त्री बस्नेतले बताए । ६० प्रतिशत आपूर्ति हुने वीरगंज नाका ठप्प रहेको र ४० प्रतिशत आपूर्ति हुने अन्य नाका मात्रै सहज भएकाले केहि दिन भित्रै वीरगंज नाकालाई पनि सहज बनाईने उनले बताए । आपूर्ति असहजताको अवस्थामा, दैनिक उपभोग्य वस्तुको अभावमा जनजीवन अस्तव्यस्त नबनोस् र कसैले पनि अनुचित लाभ उठाउन नपाओस् भन्ने बारे सरकार गम्भीर रहेको मन्त्री बस्नेतको भनाई छ । कालोबजारी र तस्करी रोक्न सम्बन्धित निकायलाई उनले निर्देशन समेत दिए । बस्नेतले पोखरामा विकासका कामहरु शुरु भइरहेको र चिडियाखानाको बारेमा वनमन्त्री संग सहकार्य गर्ने र संसदमा पनि यस वारेमा बहस थाल्ने समेत स्पष्ट पारे। पोखरामा चिडियाखाना संगै अन्तर्राष्ट्रिय विमानस्थलको समेत काम अगाडि वढ्ने भएकाले पश्चिमाञ्चलको विकासमा आपूmहरु प्रतिवद्ध भएर लाग्ने समेत बताए ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्यले सरकारमा रहेका मन्त्रीहरु विकासको काममा भन्दा कुर्चीको खेलमा लाग्दा मुलुकको अर्थतन्त्र अस्तब्यस्त भएको भन्दै गृहमन्त्री बस्नेतको ध्यानाकर्षण गराए । उनले आगामी बर्षहरुमा पोखरामा बन्ने चिडियाखानालाई सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।कार्यक्रममा सांसद शारदा पौडेलले पोखरामा चिडियाखाना निर्माणका लागि सबै राजनीतिक दलहरु एकजुट भएकाले सरकारी स्तरबाट यसमा सहयोग आवश्यक रहेको बताइन भने एमाले कास्कीका अध्यक्ष कृष्णबहादुर थापाले पछिल्लो समय विकास निर्माणका काममा सरकारले त्यति चासो नदेखाएको भन्दै कास्कीका क्षेत्र नं. १ र २ का सांसदले आफ्नो सांसद कोषको रकम चिडियाखानामा लगानी गर्न सुझाव दिए । 
एकीकृत माओवादी कास्कीका अध्यक्ष दिपक कोइरालाले पोखराको विकासमा आफूहरु सदैव सकारात्मक रहेको र आगामी दिनमा पनि सम्पूर्ण राजनैतिक दलहरुसंग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकर प्रसाद कोइरालाले पोखरामात्र नभइ समग्र पश्चिमाञ्चल क्षेत्रको विकासमा आफू प्रतिवद्ध र सकारात्मक रहेको बताए । उनले पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माणको काम अगाडि बढिसकेको र त्यसमा सरकारी तवरबाट सहयोग आवश्यक भएको स्पष्ट पारे । 

युनाइटेड क्लव पोखराका अध्यक्ष हिमालय बख्रेलको अध्यक्षतामा भएको राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुन, क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जिव बहादुर कोइराला,  पोखरा उद्योग वाणिज्य संघका महासचिव रविनसन प्रजु, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्व प्रकाश लामिछाने, अमरसिंह नमूना उच्च माविका प्राध्यानाध्यापक केशव आचार्य, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष उज्जवल केसी, नगर महिला समन्वय समिति पोखराकी अध्यक्ष पवित्रा गुरुङ, सिजी हार्डवेयर एण्ड सप्लायर्सका संचालक दिनेश प्रसाद चौधरी, क्लवका उपाध्यक्ष शुकबहादुर गुरुङ, सचिव लालकाजी गुरुङ   लगायतले बोलेका थिए । 
महोत्सव शुरु हुनुअघि पोखरा रंगशालाबाट शुरु भएको झाँकी तथा ¥यालीहरु महोत्सवस्थल अमरसिंहचौर मा पुगेर समापन भएको थियो । ६० टीमको सहभागिता रहेको झाँकी तथा ¥याली प्रतियोगितामा झांकीतर्फ नेपाल मगर संघ रामबजार प्रथम, बाझापाटन तमु समाज दोश्रो, दैबी शक्ति समूह तेश्रो र ल्याम्ह पुच रामबजारले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोश्रो हुनेलाई ७ हजार, तेश्रोलाई ४ हजार र सान्त्वनाले दुई हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी महिला सहभागिता ¥यालीमा ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय रामबजार प्रथम, दोश्रो जनप्रिय आमा समूह पोखरा–१०, लम्जुङ समाज रामबजार तेश्रो र भद्रकाली दिदीबहिनी समूह कँुडहर, आदर्श आमा समूह ढुंगेसांघु र  जलेश्वर आमा समूह काजीपोखरीले सान्त्वना स्थान हासिल गरेका छन । प्रतियोगितामा पहिलो,दोस्रो तेश्रो र सान्त्वना हुनेलाई क्रमशः ४ हजार, ३ हजार, २ र एक एक हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
महोत्सवको पहिलो दिन २ हजार दर्शकले अवलोकन र २० लाख बराबरको कारोवार भएको प्रचार–प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए ।














Post a Comment

 
Top