0
गोल्डेन न्यूज संवाददाता
सार्वजनिक सवारीमा विद्यार्थीलाई दिंदै आएको सहुलीयत नपाएको भन्दै एकीकृत माओवादी समर्थित विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बिहीवार पोखरामा केहि वेर सवारी सञ्चालनमा अबरोध गरेको छ । पोखराको बगरस्थित पृथ्वीनारायण क्याम्पस अगाडि प्रदर्शन गर्दै उनीहरुले केहिबेर सवारी संचालनमा अबरोध पु¥याए । 
नाकाबन्दी यता पेट्रोलियम पदार्थको अभाव देखाउदै यातायातमा विद्यार्थीलाई दिंदै आएको छुट नदिएको उनीहरुले बताए । स्थानीय प्रशासनलाई दुई पटकसम्म जानकारी गराउँदा पनि सहुलियत नपाएको र यातायात ब्यवसायीले मनपरी भाडा अशुलेकाले आन्दोलित भएको विद्यार्थी नेता क्षितिज सापकोटाले जानकारी दिए । विद्यार्थी सहुलियत कार्यान्वयनमा नआए आगामी दिनमा पोखराको सार्वजनिक सवारी ठप्प पर्ने उनले चेतावनी दिए ।








Post a Comment

 
Top