0
सातौँ चरणको अडिसनदेखि विग आईकनमा ‘पियानो राउण्ड’ शुरु भएको छ । मंगलबार भएको सातौँ चरणको अडिसन अन्तरगत छैठौँ चरणबाट छानिएर आएका उत्कृष्ट ३० प्रतिस्पर्धीहरुले गितार र पियानोको साथमा गीत प्रस्तुत गरे । यस्तै मंगलबारको अडिसनपछि पाँच जना प्रतिस्पर्धीहरु विग आईकनको दौडबाट बाहिरिएका छन् । आगामी चरणको अडिसनमा उत्कृष्ट २५ प्रतिस्पर्धीहरु भिड्ने एफएमले जनाएको छ । मंगलबार भएको अडिसनबाट उत्कृष्ट ३० मा पर्न सफल प्रतियोगीहरु संजीव गुरुङ, अपिल बिक, संजोग दियाली, अनिता पौडेल र राजेश बालकोटी बाहिरिएका छन् । मंगलबार भएको अडिसनमा गायकद्वय कर्ण दास र विनोद बाँनिया निर्णायकको रुपमा रहेका थिए । निर्णायकहरुका अनुसार पियानो राउण्डसम्म आईपुग्दा प्रतिस्पर्धीहरु निकै खारिएर आएका छन् । ‘यो साँच्चै नै राम्रो कुरा हो की सम्पूर्ण प्रतिस्पर्धीहरुमा गायनको उत्कट चाहना देखिन्छ ।’ निर्णायक रहेका गायक कर्ण दासले भने–‘यसले पक्कै पनि प्रतियोगितालाई उत्कृष्ट बनाउँछ ।’ अर्का निर्णायक विनोद बाँनियाले पनि प्रतिस्पर्धा निकै पेचिलो बन्दै गएको बताए ।





Post a Comment

 
Top