गताङ्कबाट क्रमश ः
अवस्थामा प्रजातन्त्र फस्टाउने अपेक्षा गर्न सकिन्न।
तर आर्थिक अनुशासनको अभाव, भ्रष्टाचार, दण्डहिनता जस्ता मुलुकको वर्वादीको मूख्य रोगले पार्टीहरूलाई सुरक्षित आश्रयस्थल र कतिपय नेतालाई त संरक्षक बनाएका छन्। काँग्रेसमात्र होइन, आजसम्म कुनै पार्टीले यस्ता रोग भित्राउने आफ्नो कुनै नेता वा कार्यकर्तालाई पार्टीगत कारवाही गरेको अपवाद पनि छैन, बरू उनीहरू नै नेतृत्व र निर्णयकर्ता छन्। भ्रष्टाचारीबाट सदाचारी दमित हुनपुगे भने पार्टीमा निष्ठा र नैतिकताको राजनीति धिक्कारको विषय हुने खतरा पैदा हुन्छ। भ्रष्टाचारी र सदाचारी एकै ठाउँमा बस्न सक्दैनन्, राख्नु पनि हुँदैन। तर कतिपय नेतृत्वको मनोवृत्तिमा ‘ऐँजेरुलाई हरियाली र गलगाँडलाई गहना’ ठान्ने प्रवृत्ति र निहित स्वार्थ देखिन्छ। यस्तो प्रवृत्तिको उन्मुलन गर्नु आजको प्रमुख चुनौति र आवश्यकता हो। पार्टीको १३ औँँ महाधिवेशनबाट यो रोगको उपचार हुनैपर्छ भन्ने सबैको चाहना हो।
४.नीति समाजवादी, व्यवहार व्यक्तिवादी ः नेपाली कांग्रसले २०१२ को वीरगन्ज महाधिवेशन बाट विधिवत र सर्वसम्मत प्रक्रियाबाट पार्टीको आधारभूत सिद्धान्त र लक्ष्यका रुपमा समाजवादलाई अँगाल्यो। त्यसपछि भूमिसुधार, विर्ता उन्मुलन, वनको राष्ट्रियकरण, अर्थतन्त्रको संस्थागत परिचालन र विकासका साथै शोषण, अन्याय र असमानताका सबै बाध्यताहरू चुँडाल्ने क्रान्तिकारी कदमहरू चलाइए। गरिव, किसान, उपेक्षित र तिरस्कृत समुदायसम्म आर्थिक पहुँच र सामाजिक न्याय पुर्रुयाउने चेष्टामा प्रजातन्त्रलाई माध्यम बनाउनमा कांग्रेस निरन्तर केन्द्रित भयो। तर हामीले कांग्रेसको समाजवादी चिन्तन र सामाजिक न्यायको अवधारणालाई पूर्णता दिन र व्यवहारमा लागू गर्न पटक्कै सकेनौँ। त्यसैले काँग्रेसका बिरोधमा हाम्रा प्रतिपक्षीमात्र होइन, लेखक, विश्लेषक तथा बुद्धिजीवीहरूले पनि औँला ठड्याएका छन्–‘नेपालमा चाहिँ योजनाविदहरूले गरीबी बढाए भने अर्थविदहरूले असमानता,.......१९९० तिर नेपाली कांग्रेसका अर्थमन्त्रीहरूले त्यही सहजमार्ग (पञ्चायतकालीन अर्थमन्त्रीहरूले पहिल्याएको राजपथ) समातेर मुलुकलाई निरन्तर द्वन्द्वको भड्खालामा पुर्रुयाए’ (सी.के.लाल, ‘चौबाटामा माओवादीहरू’ शीर्षक लेख, नागरिक दैनिक, कार्तिक २१, सोमबार २०६८) । यस्ता आलोचनालाई मार्गदर्शक सल्लाहका रुपमा हामीले ग्रहण गर्ने कि नगर्ने ? पार्टीले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवादलाई सही ढङ्गले ब्यवहारमा अपनाएको भए न त नेपालको अर्थतन्त्र आज यति दयनीय हुन्थ्यो, न १० वर्षे हिँसात्मक द्वन्द्व यति विध्वंशक नै हुन पाउँथ्यो। यसको जिम्मेवार को ? पार्टीभत्र यो चाहनाको स्वर क्रमशः निकै बलवान हुँदैछ कि काँग्रेसले लोकतान्त्रिक समाजवाद लगायतका आफ्ना आधारभूत सिद्धान्तलाई १३ औँ महाधिवेशन बाट पुनःस्थापित गरोस्।
प्रजातान्त्रिक समाजवादले पनि भूमण्डलीकरण र विश्वब्यापीकरण को यथार्थलाई अन्धो भएर उपेक्षा गर्ने होइन। भूमण्डलीकरण र विश्वब्यापीकरणको क्रमसँगै निजीकरण र स्वतन्त्र आर्थिक गतिविधिको जुन वित्तीय युग छ, त्यसबाट अछुतो वा एकाङ्गी रहने वा त्यसदेखि टाढै बस्ने भन्ने सम्भव छैन। अहिलेको भूमण्डलीकरण तथा विश्वब्यापीकरणभित्रै पनि निर्धन–मैत्री एवं साधन र अवसरप्रति सबैको समान पहुँच र गरिबको अझ बढी पहुँच प्रत्याभूत गर्ने अर्थ नीति निर्माण गर्न सकिन्छ। समाजवादको प्रमुख ध्येय यही हो। २०४६ मा प्रजातन्त्रोदय पश्चात पनि यस्तो अर्थनीति निर्माण गर्न हामी प्रचुर मात्रामा चुकेका छौँ। आर्थिक बृद्धिका क्रममा गरिबको सहभागिता नरहेको र लाभांश गरिबसम्म नपुग्ने विकासले केवल आर्थिक विषमताको खाडलमात्र फराकिलो बनाउँछ। त्यसकारण, धनी र गरिबवीचको अन्तर भयावह रुपले बढेको तथ्याङ्क सार्वजनिक भएकै छन््। राष्ट्रिय दृष्टिकोण र संकल्प बोकेर सामाजिक न्याय र ब्यापक समानताको प्रबद्र्धन गर्ने कार्यमा समाजवादलाई गति दिन हामी संकल्पित नरहेकै कारण मुलुकले यो परिणति भोग्नुपरेको हो। परिणाम स्वरुप, हाम्रो शासकीय परिपाटी ‘भण्डार खनेर आँगन पुर्ने’ प्रवृत्तिको हुन गयो।
कृषिप्रधान अर्थतन्त्र रहेर पनि कृषिक्षेत्र निर्वाहमूखी मात्र रहनु नेपालको अर्थतन्त्रको सबभन्दा ठूलो दुर्बल पक्ष हो। अहिले कृषि क्षेत्र गरिबीको डरलाग्दो बस्ती बनिरहेको छ। साधनप्रतिको पहुँच र अवसरको समानताको अभ्यास–क्षेत्र, कृषि रहनु पर्दछ। यसबाट मात्र नेपालको गरिबी भरपर्दाे रुपमा घटाउन सकिन्छ। नेपालको समस्या गरिबी र असमानता दुबै हो। यस अर्थमा भरपूर रुपमा उत्पादनको बृद्धि हनसक्ने र त्यस्तो बृद्धि गरिबको घर–आँगनबाट प्रारम्भ हुने नीतिको प्रत्याभूतिले मात्र गरिबी र असमानताको समस्या एकैसाथ समाधान गर्न सक्दछ। अबको नेपाली काँग्रेसले यही आर्थिक तथा समाजवादी बाटो लिनु आवश्यक भएको छ।
५. गुट, फुट र भागबण्डाको महामारी
पार्टी भनेको विचार, चिन्तन र बहसको अनुशासित समुह हो। पार्टीमा मत विभाजन हुनसक्छ, तर मन विभाजन हुन नदिनु नेतृत्वको खुबी हो। पार्टीभत्र स्वार्थ–समुहका रुपमा अनेकौँ गुट उपगुट बनेका छन्, जसले पार्टीको स्वाभाविक विकासमै असर पुर्रुयाउन थालिसकेका छन्। त्यसैले ‘संस्थागत’ र ‘प्रजातान्त्रिक’ काँग्र्रेसका नाममा हुने विभाजन सदाको निम्ति अन्त्य हुनुपर्छ। हामी कुनै खेमाको काँग्रेस होइनौँ, नेपाली काँग्रेस हौँ भन्ने भावनाको निर्माण प्रथम आवश्यकता हो। वैचारिक रुपले हेर्दा अहिलेका अनेक समुहहरू काँग्रेसको लोकतान्त्रिक संस्कार, वैचारिक मान्यता र परम्पराको मूल्यमा पैदा भएका झाँकी हुन्, लक्ष्यमा पुर्रुयाउने इन्जिन होइनन्। पार्टीभत्र हरेक एजेन्डाले बहस समुह वा विचार समुह सिर्जना गर्नसक्छ। एउटै परिवारका सदस्यहरूमध्ये पनि प्रत्येकका आ–आफ्नै रुचि र मनले खाएको अर्को व्यक्ति हुनसक्छ। तर, निश्चित विधि र प्रणालीभित्र ती सबैलाई आबद्ध गरेर नेतृत्व दिने र सिस्टमका आधारमा पार्टी चलाउने पद्धतिको विकास र प्रयास हुनै सकेन। नेतृत्वको अभाव जनाउने यो गम्भीर परिस्थिति हो।
म सानो छँदा त्रिदेवको समान अस्तित्व र महिमा हुँदाहुँदै पनि महादेवलाई देवाधिदेव किन भनियो भन्ने सम्बन्धमा मेरी आमाले गाउँको एउटा गम्भीर विवादको प्रसंगमा बुवाको आवेगलाई नियन्त्रण र संयोजन गर्न व्यंग्यात्मक रुपमा भन्नुभएको उपमा मेरो स्मृतिमा सँधै ताजा रहेको छ— महादेवको वाहन साँढे, उनकी पत्नी पार्वतीको वाहन सिंह, महादेवको घाँटीको हार सर्प, छोरा गणेशको वाहन मुसो र अर्का छोरा कुमारको वाहन मयूरबीच एक आपसमा भेट भयो भने एउटाले अर्कालाई जिउँदो छोड्दैनन्। एकअर्काका शिकार र शिकारीबीच सबैलाई समेटेर, समन्वय गर्ने कौशल सफल नेतृत्वको विशेषता हो र सबैबीच संयोजन गर्नसक्ने भएकैले महादेवलाई देवाधिदेव पनि भनिएको हो।
समकालिन पार्टी नेतृत्वमा यस्तो संयोजनकारी भूमिकाको सर्वथा अभाव छ। कुशल नेतृत्वले बाघ र बाख्रालाई एउटै घाटको पानी पिउने सुरक्षित स्थिति दिनुपर्छ। कतिपय विमतिहरुका बाबजुद सहमति खोज्नु, जुनसुकै विचारको भए पनि उसको योग्यता र क्षमतालाई पार्टीहतमा परिचालित गर्नु नेतृत्वको धर्म हो। तर त्यस्तो क्षमता भएको नेतृत्व नदेखिनु पार्टीको गम्भीर समस्या हो। ‘गाई मारेर गधा पोस्नु’ नेताको विशेषता होइन, गाई र गधा आ–आफ्नो क्षमता र हैसियतअनुसार योगदान दिन सकुन् र एकसाथ बाँच्न पाउन् भन्ने समतावादी ब्यवहार नै सफल नेताको खुबी हो। नेतृत्व कार्यकर्ताको न्यायाधीश पनि हो। तर विभाजनकारी र भागबन्डाको कुसंस्कार पार्टी र सत्तामा यति नराम्रोसँग हावी भएको छ कि, यसले गर्दा योग्य, जनप्रिय, परिश्रमी र पराक्रमी कार्यकर्तालाई लत्याएर आसेपासेलाई अवसर दिने प्रवृत्ति अनियन्त्रित हुँदैछ। यसले गर्दा पार्टीका ऊर्जावान तथा नयाँ पुस्ताका होनहार कार्यकर्ताहरूको आस्था र निष्ठा डग्मगाउने, टिक्नै नसक्ने वा पलायन हुने विवश वातावरण पैदा हुँदैछ।
६. कमजोर प्रविधि
सूचना प्रविधिको अवस्थालाई हेर्ने हो भने काँग्रेस स्थापनाको अवस्था, ००७ सालको क्रान्तिताकाको स्थिति, २०१५ सालको पहिलो आमनिर्वाचन वा ०४६ सालको जनआन्दोलनभन्दा आज अतुलनीय सुविधामा पुगेको छ। एक्काइसौँ शताब्दीमा उपलब्ध अत्याधुनिक प्रविधि, पार्टीको कार्यशैलीमा अपनाएको हुनुपर्ने हो। गाउँ, नगर, क्षेत्र र जिल्लामा क्रियाशील र साधारण सदस्य, उनीहरूका भूमिका, पाएको अवसर, पार्टीमा निजको योगदानका साथै, पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरू, बौद्धिक, औद्योगिक, व्यवसायिक तथा प्रशासनिक र अन्य क्षेत्रमा पार्टीलाई योगदान पुर्रुयाएका सबैका सम्पूर्ण गतिविधिबारे अद्यावधिक रेकर्ड राख्न अत्याधुनिक प्रविधिको उपयोग गर्नु नितान्त आवश्यक छ। केन्द्र, क्षेत्र, जिल्ला र स्थानीय नेतृत्वबीचको सञ्चार र समन्वय तार टुटेको टेलिफोन जस्तो छ। केन्द्रका प्रत्येक निर्णय र प्रस्ताबना तत्काल मातहतका निकायमा पुग्ने र यसमार्फत तत्काल स्थानीय तहमा पुर्रुयाउने व्यवस्थापन हुनु अनिवार्य छ। तर त्यसो हुन सकेको छैन। कुनै नेता, कार्यकर्ता वा शुभेच्छुकका बारेमा अभिलेख चाहिँएमा पनि दौडादौड गरेर खोज्नुपर्ने, जो आफ्नो नजिकका आसेपासे र अघिल्तिर पर्नेगर्छ उसैको उत्थान हुने अहिलेको अवस्था रहन दिनु नेतृत्वकै कमजोरी हो।
भित्तामा झुण्ड्याइएको क्यालेन्डर एक्काइसौँ शताब्दीको भएर के हुन्छ जब कि मानसिकता र प्रविधि १९ औँ शताब्दीकोे छ भने। एउटा जीवन्त र सशक्त पार्टी संगठनलाई अत्याधुनिक विद्युतीय सूचना प्रविधियुक्त अनिवार्य रुपमा चाहिने विभागहरूमा, अनुशासन, संसदीय मामिला, प्रशिक्षण, प्रचार–प्रसार, सांस्कृतिक, लेखा, विदेश, अभिलेख तथा रेकर्ड हुन्। बहिखातावाला पुरानै मुन्सी कार्यशैलीबाट एककाइसौँ शताब्दीको राष्ट्रिय पार्टी सञ्चालित हुन सक्दैन। अब पुरानै मोडेलको प्रविधिमा पार्टीलाई युगानुकूल बनाउन सकिन्न। यो बिडम्बनाको अन्त्य अबका दिनमा हुनैपर्छ।
७.फितलो र मोलाहिजापूर्ण अनुशासन
पार्टीको सामथ्र्य र उपयोगितालाई अनुशासनले मात्र सम्भव बनाउँछ, लक्ष्यतिर उन्मुख र समर्पित गराउँछ। लोकतान्त्रिक पार्टीभत्र वाद, प्रतिवाद र संवादको स्थितिले लोकतान्त्रिक संस्कार जीवन्त र सुदृढ बनाउन अनुकूल वातावरण निर्माण गर्छ। पार्टीका नीति तथा कार्यक्रममाथि बहस, विवाद र संवाद गर्नु अनुशासनहीनता होइन। कहिलेकाहीँ व्यक्तित्वको टकराहट पनि स्वाभाविक गतिविधिका रुपमा हुने गर्छ। यो लोकतन्त्रको सबल पक्ष हो। तर हाम्रो पार्टीभत्र अनुशासनको कारवाही ‘दोष हेरी होइन मानिस हेरी’ हुनेगर्छ। या हुनै सक्दैन। कसैले पार्टी हित विपरितका छाडा बकवास गर्दै हिँड्दा पनि आँखा र कान बन्द गरेर बुझ पचाउने, कसैलाई अनुशासनको कारवाही निजको पत्ता साफ पार्ने वा प्रतिशोधको नियतले गर्ने प्रवृत्ति बढिरहेको छ।
यस्तो पक्षपाती र अराजनीतिक मनोवृत्तीले पार्टी चल्न सक्दैन। पार्टीमा कोही पनि जन्मजात बरिष्ठ वा कनिष्ठ हुँदैन, कार्यकर्ताबाट पाउने समर्थन, सम्मान र जनप्रियताबाट हुन्छ। कार्यकर्ताहरुले आआफ्ना स्थानबाट पार्टी हितमा पुर्रुयाएका योगदानको निष्पक्ष र न्यायोचित मूल्यांकन गर्ने परिपाटीको विकास हुन बाँकी नै छ। मुख हेरेर होइन योगदान र कार्यकर्तावीचको जनप्रियता हेरेर पुरस्कृत गर्ने र अवसर दिने परिपाटी बसाल्नुपर्नेमा नेतृत्वको कार्यशैलीमा मनोमानी प्रवृत्ति हावी भइरहेको छ, जसले पार्टी अनुशासनलाई बलियो होइन, कमजोर बनाउँदै लगेको छ। अनुशासनहिनताले सिङ्गो पार्टीमात्र होइन संस्था र नेतृत्वको आसनका पेचकिला पनि खुकुल्याइदिन्छ।
नेपाली काँग्रेसले विगतमा धेरै नै लोकप्रिय निर्णय गरेको छ। १२ औँ महाधिवेशनबाट छुवाछुत मान्ने मानिस कांग्रेसको नेता वा कार्यकर्ता वा साधारण सदस्य समेत हुनसक्दैन, त्यस्तालाई पार्टीबाट निष्काशन गर्नेसम्मको नीति पार्टीले पारित गरेको थियो। महिला हिंसा, बहुविवाह वा घरेलु हिंसा मच्चाउने जोकोही नेता, कार्यकर्तामाथि कारबाही गर्ने प्रतिबद्धता पनि लिइयो। विद्यालयलाई शान्ति क्षेत्रका रुपमा कायम राख्न र सोहीअनुसारका व्यवहार प्रदर्शित गर्न पार्टीका सम्पूर्ण अवयवलाई निर्देशन जारी गरियो। राम्रा निर्णय त गरियो, तर त्यसलाई कहिल्यै अनुगमन गरिएन। अनुगमन गर्ने कुनै संयन्त्र पनि पार्टीभत्र छैन। यसले गर्दा पार्टीलाई परिणाममुखी र अनुशासनमूखी बनाउन गम्भीर समस्या पैदा भएको छ। पार्टी संयन्त्र कहिलेकाहिँ केवल कुरा उठाउने र निर्णय गर्ने ‘टकिङ् क्लब’ को रुपमा परिणत हुँदैछन्। यसलाई सच्याउन नसक्नु पार्टीको अर्को गम्भीर समस्या हो। नयाँ नेतृत्वले यसलाई पनि सच्याएर पार्टीलाई नयाँ गति दिनु जरुरी छ।
उपयुक्त कटु यथार्थको कसीमा जाँच्दा नेपाली काँग्रेस आज अवसर र चुनौतिको दोसाँधमा आइपुगेको छ। यहाँभित्र ‘बदला’ होइन धेरै कुरा बदल्नु जरुरी छ। काँगे्रसको १२ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’, ‘विधि र संस्थागत ढङ्गले पार्टी चलाउने महाधिवेशन’ जस्ता धेरै विशेषण वा संज्ञा दिइयो, तर ती सबै प्रतिबद्धता झुटो नारा सावित भए। संस्थागत ढङ्गका कुरा त परै जाओस, केन्द्रीय कार्यसमिति केवल केही पदाधिकारीमा सीमित रह्यो। विभागहरू प्रायः निष्कृय रहे, कार्यसम्पादन समिति गठनै भएन, भातृ संस्थाहरूको दशौँ वर्षदेखि अधिवेशन नै भएन।
त्यसैले नाराले निष्ठा तय गर्दैन भन्ने हेक्का राखौँ। १३ औँ महाधिवेशनलाई एकता, आन्तरिक लोकतन्त्र, संस्थागत र विधिसंगत रुपबाट सञ्चालन गरिने लोकतान्त्रिक राष्ट्रिय शक्तिको रुपमा पुर्रुयाउन बासी विचार र व्यक्तिवादी ढर्राबाट होइन, सामुहिक नेतृत्वद्वारा नयाँ जोश र जाँगरबाट काँग्रेसलाई गति दिन जरुरी ठानेर पार्टीभत्र वैचारिक पूर्नजागरण नितान्त आवश्यक ठहराएर यी पंक्ति साथीहरूसमक्ष राखेको हुँ। गुट, उपगुट र भागबण्डाको राजनीतिको पूर्णतः अन्त्य गर्दै एउटा वैचारिक सशक्त जनमूखी संस्थाका रुपमा नेपाली काँग्रेसलाई पुनःस्थापित गर्न पार्टीभत्र वैचारिक पुनर्जागरण र संस्थागत विकास आजको अनिवार्य आवश्यकता भइसकेको छ। यो जिम्मेवारीमा आ–आफ्नो स्थानबाट सरिक हुन म सम्पूर्ण साथीहरूलाई विनम्रतापूर्वक हार्दिक आग्रह गर्दछु।
पार्टी जीवनका तात्कालिक र आधारभूत समस्याबारे चिन्तन मनन गर्दा मैलै यिनै मुख्य समस्या र चुनौतिभित्र नेपाली कांग्रेस अल्झिरहेको पाएँ। त्यसैले, यस आलेखले हामीमा नयाँ जागृति र वैचारिक पूनर्जागरणको वातावरण बन्ला, पार्टी जीवनमा सुधार ल्याउन सघाउला र पार्टी पद्धतिमा सुधार र स्वच्छ दर्पणका रुपमा काम गर्ला भन्ने मेरो विश्वास छ। मैले निरन्तर रुपमा यिनै मान्यताहरूमा दृढताका साथ संघर्ष गर्दै आएँ। तसर्थ, पार्टीमा विद्यमान विकृति र विसंगतिका विरूद्ध निरन्तर संघर्ष गर्दै क्रियाशील र समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै साथीहरूको साथ र समर्थनको अपेक्षा गर्दछु। तब मात्र काँग्रेसले आपूmभित्रका विकृतिको उपचार गर्ने शक्ति र उपाय पाउने छ। नेपाली काँग्रेस आफै भित्रबाट २१ औँ शताब्दी अनुकूलको पार्टी हुने छ।
साभार ः सेतोपाटी डटकम
Post a Comment