0
गोल्डेन न्यूज संवाददाता
ठूलो परिमाणमा चोरीको सुन सहित पोखराबाट एक जना पक्राउ परेका छन् । काठमाडौंबाट चोरी गरी पोखरामा बिक्री गर्ने योजना सहित ल्याईएको झण्डै ९३ तोला सुन र ५७ तोला चाँदी सहित २३ बर्षीय युवक पक्राउ परेका हुन् । कास्की प्रहरीले चोरीको सुनचाँदी सहित म्याग्दीको रुम ३ घरभई पोखरा–१ टँुडिखेल स्थित राष्ट्रिय उच्च माविमा कक्षा १२ मा अध्यनरत चिरञ्जिवी पुनलाई पक्राउ गरेको हो । काठमाडौंको न्यूरोड स्थित लक्ष्मी सुनचाँदी पसलबाट ठुलो परिमाणमा सुनचाँदी चोरीमा संलग्नहरु भागेर पोखरा आएको हुनसक्ने आशंकाको आधारमा जारी परिपत्र अनुसार खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक हरिबहादुर पालले जानकारी दिए ।
सादा पोशाकमा खटिएका प्रहरी टोलीले पोखराको पृथ्बीचोकबाट पुनलाई पक्राउ गरेको हो । उनकै सूचनाको आधारमा चोरीका मुख्य योजनाकार दुई जना पनि काठमाडौंबाट पक्राउ परेको प्रहरीले जनाएको छ । चोरीको योजना बनाउने म्याग्दी रुम ३ का दिलिप पुन भन्ने दिल बहादुर पुन र नुवाकोट महाकाली ९ घर भएका उमेश तामाङ पनि पक्राउ परेका छन् । यी दुई अभियुक्त यस अघि पनि म्याग्दीमा चोरी मुद्धामा २ बर्ष कैद सजाय भुक्तान गरी ४ महिना अघि मात्रै रिहा भएका थिए । उनीहरु काठमाडौंमा चोरी गरी पोखरा र यस आसपासको क्षेत्रमा बिक्री गर्ने योजना सहित पोखरा आएका थिए । कास्की प्रहरीले चिरञ्जीवीलाई पक्राउ गरेपछि अन्य दुई भागेर पुनः काठमाडांै पुगेका थिए । पछि उनकै सहयोगमा अन्य दुईलाई पनि महानगरीय प्रहरीले पक्राउ गरेको हो । उनीहरुले पोखराका अन्य तीन सुनचाँदी पसलमा पनि चोरीको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले पोखराको कामना ज्वेलर्स, बेगनासताल सुनचाँदी पसल र सागर ज्वेलर्समा रेक्की गरी चोरीको योजना बनाईरहेको प्रहरी समक्ष बयान दिएका छन् ।
यसैगरी लागूपदार्थको कारोवारमा संलग्न एक दुव्र्यशनी पक्राउ परेका छन् । ईण्डियन भेजा भनेर चिनिने पोखरा १३ बाझापाटनका ३० बर्षीय किरण गुरुङलाई लागूपथार्थ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले नर्फिन, डाईजापाम र फेनेरागन थान १७ र लागूऔषध बिक्री गरेको एक लाख ३५ हजार रुपैयाँ नगद सहित उनलाई पक्राउ गरेको हो । आफै लागूऔषध दुब्र्यशनी समेत रहेका उनले देशका बिभिन्न स्थानबाट लागुऔषध ल्याएर अन्य युवालाई बेच्ने गरेका थिए । उनलाई लागूऔषध मुद्धामा कार्वाही अघि बढाउने गरी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

न्यूरोडबाट कसरी चोरियो डेढ किलो सुन ?

काठमाडौंको न्यूरोडस्थित लक्ष्मी सुनचाँदी गहना पसलबाट यही पुस १२ गतेराति डेढ किलो सुन चोरी भयो। सुन व्यवसायी विष्णु रिजालले सुन हराएको भन्दै त्यसको भोलिपल्ट महानगरीय अपराध महाशाखाका उजुरी हाले। प्रहरीले १० दिनपछि चोरीमा संलग्न ४ जना पक्राउ ग¥यो। काठमाडौंबाट ३ जना र पोखराबाट १ जना पक्राउ परे। काठमाडौंमा ३ जनालाई समात्ने क्रममा प्रहरीले गोली नै चलाउनु प¥यो।
कसरी चोरे सुन  ? महानगरी अपराध महाशाखाका डिएसपी मकुन्द मरासिनीका अनुसार म्याग्दी रुम गाबिसका दिलबहादुर पुन, चिरन्जिवी पुन, नुवाकोट महाकालीका उमेश तामाङ र गोरखा धावाका सन्तोष बलयकोटी मिलेर सुन चोरी गरेका हुन्। उनीहरूले सुन चोरी गर्ने विषयमा २ साता अघि नै योजना बनाई सूचना संकलन गरिरहेका थिए। सुन व्यवसायीले सुन पसलको लकरमा नै राख्ने, लकरको साँचो साहु मालिकले नै बोक्ने गरेको उनीहरुले पत्ता लगाएका थिए। उनीहरूले सुन व्यवसायी रिजालको बुद्धनगरमा रहेको घरको पनि सबै जानकारी लिएका थिए। यही पुस १२ गते राति ४ जना मिलेर रिजालको घरमा गए। साढे ३ तल्लाको घरमा उनीहरु पछाडिबाट माथि चढे। छत हुदैँ उनीहरु भित्र छिरे । माथिल्लो तल्लामा उनीहरुले दराज खोले। त्यहाँबाट ३८ हजार रुपैयाँ निकाले। त्यसपछि उनीहरू रिजाल सुतेको कोठामा छिरे। रिजालले लकरको साँचो ज्याकेटमा हालेको उनीहरुले साँझ नै पत्ता लगाएका थिए। यसरी चोर छिरेर ज्याकेटको साँचो ल्याउँदा पनि रिजालले पत्तो पाउन सकेनन्। ज्याकेटमा रहेको साँचो निकालेर उनीहरु १ बजे न्यूरोडमा रहेको सुन पसलमा आए। सटर खोले, भित्र पसे। फेरि सटर लगाए अनि एक घन्टा लगाएर उनीहरुले फुर्सदिलो पाराले लकर खोल्दै डेढ तोला सुन चारेको डिएसपी मरासिनीले बताए। चोरेको सुन लिएर उनीहरु पोखरा गए। पोखरामा ९३ तोला सुनसहित चिरन्जिवी समातिएपछि अरु ३ जना त्यहाँबाट भागे। गोंगबुको एक गेष्ट हाउसमा बसेका उनीहरुलाई प्रहरीले पक्राउ ग¥यो। पक्राउ गर्ने क्रममा उनका साथीभाईले प्रहरीमाथि आक्रमण गरे। जवाफमा प्रहरीले पनि एक राउण्ड गोली चलायो। उनीहरू ३ वर्ष म्याग्दीमा जेल बसेर छुटेका व्यक्तिहरु हुन्। म्याग्दीको बेनीमा भएको महोसत्वमा उनीहरुले लुटपाट गरेका थिए।





















Post a Comment

 
Top