0
गोल्डेन न्यूज संवाददाता
पोखरामा रहेको लायन्स क्लब अफ पोखरा अन्नपूर्णले गोरखा डण्डीडाँडाका भूकम्प प्रभावित ज्येष्ठ नागरिक र बालबालिकालाई फाइबर सिरक वितरण गरेको छ । जाडोको कारण भूकम्प पीडित चिसोले प्रभावित भएको समाचार  सुनेपछि आफूहरु पोखरादेखि गोरखा पुगेर ६५ वटा फाइबर सिरक वितण गरेको ब्लड बैंक चियर पर्सन सोनाम साङपोले जानकारी दिए । आफ्नो पहलमा विदेशी साथीहरुको सहयोगले जाडोमा कठ्याङ्ग्रिएर बस्न बाध्य भएका ज्येष्ठ नागरिक र बालबालिका लाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर धु्रब बहादुर थापाले भूकम्प प्रभावितहरु चिसोको मारमा परेको बताउँदै लायन्स क्लबहरुले अहिले सिरक वितरण कार्यक्रम अगाडि बढाएको स्पष्ट पारे । क्लबका प्रथम उपाध्यक्ष रविनसन प्रजुले आफूहरुको सानो सहयोग पनि प्रभावितहरुको लागि ठूलो सहयोग हुने बताए । ४ बर्ष भन्दा मुनिका उमेर समूह र ६० बर्ष भन्दा माथि ज्येष्ठ नागरिकहरुलाई सिरक वितरण गरेको उनले बताए ।
क्लबका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले आफूहरुले ४ सय ५० जना विद्यार्थीलाई गोरखाको नबज्योति निमाविमा शैक्षिक सामाग्री सोमबारनै  वितरण गरेको बताए । उनले सिरक वितरण  संगै  बच्चाहरुको लागि जुत्ता वितरण पनि गरेको बताए । कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लायन दिनेश तुलाचनाले गरेका थिए । 
डण्डीडाँडाकी भूकम्प प्रभावित ७५ बर्षीय जुनकिरी मगराती सिरक पाएसंगै निकै खुशी छन् मगरातीले चिसो भुईमा चिसो छेक्ने सिरक विना रात काट्नु परेको दुखेसो पोख्दै अब भने केही मात्राभए पनि सिरक पाएपछि न्यानो हुने बताइन ।

Post a Comment

 
Top