0
गोल्डेन न्यूज संवाददाता
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा चलिरहेको ‘नयाँ शक्ति निर्माण अभियान’ मा कास्कीबाट तीनसय १८ जना नयाँ अभियन्ता थपिएका छन् । नयाँ शक्ति निर्माण अभियान कास्कीको पोखराको सिर्जनाचोकस्थित कार्यालयमा बुधबार बिहान बसेको बैठक पश्चात् एमाओवादी कास्कीका जिल्ला समिति सदस्य रिम बस्याल सहित तीनसय १८ जना नयाँ अभियन्ता थपिएका हुन् । विभिन्न राजनीतिक तथा सामाजिक संघसंस्थामा आवद्ध ति व्यक्तिहरुले स्वाधिन, समृद्ध र समावेशी मुलुक निर्माणका लागि नयाँ शक्ति जरुरी रहेको निष्कर्ष निकाल्दै अभियानमा लागेको बताइएको छ । एमाओवादी कास्कीका जिल्ला कमिटी सदस्य रिम बस्यालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ–‘नेपालमा रहेका पुराना राजनीतिक दलहरुले श्रमजीवि मजदुरको पक्षमा कुरा मात्र गर्ने तर, कामको नाममा सिन्को नभाँच्ने विडम्बना झेलिरहनुपरेकोले श्रमजीवि, मजदुर र पछाडि पारिएका उत्पीडित समुदायको मनोभावनालाई वैज्ञानिक रुपमा सम्बोधन र विकास गर्न ‘नयाँ शक्ति’ बाट मात्र सम्भव छ भन्ने निष्कर्षसहित हामी नयाँ शक्ति निर्माण अभियानमा लाग्ने निर्णयमा पुगेका हौँ ।’ नेपालमा रहेका पुराना राजनीतिक दलहरुले श्रमजीवि मजदुरको पक्षमा कुरा मात्र गर्ने तर, कामको नाममा सिन्को नभाँच्ने विडम्बना झेलिरहनुपरेको उनीहरुले विज्ञप्ति मार्फत दुखेसो समेत व्यक्त गरेका छन् ।
 
श्रमजीवि, मजदुर र पछाडि पारिएका उत्पीडित समुदायको मनोभावनालाई वैज्ञानिक रुपमा सम्बोधन र विकास गर्न ‘नयाँ शक्ति’ बाट मात्र सम्भव छ भन्ने ठहर सहित आफूहरु नयाँ शक्ति निर्माण अभियानमा लागेको नयाँ अभियन्ताले बताएका छन् । नयाँ अभियन्तामा बाबुराम अधिकारी, ताराबाबु श्रेष्ठ, विष्णु शर्मा अर्याल, शिवबहादुर अधिकारी, कृष्ण अर्याल, हरिप्रसाद अधिकारी, कृष्णप्रसाद धरेल, कृष्णराम थपलिया, सुदर्शन बसौला, अञ्जना रिजाल, ज्ञानुमाया भट्ट, झम्कप्रसाद चौलागाईँ, भुवन लोहनी, गोपाल नेपाली, श्यामप्रसाद भट्ट, सञ्जय श्रेष्ठ, राधा आचार्य अर्याल, कृष्णबहादुर भुजेल, विशाल भुजेल, सिताकुमारी प्रधान, राजेन्द्रबहादुर मजकोटी, अम्बिका अधिकारी, सृष्टि नेपाली, लक्ष्मी नेपाली, जगतबहादुर बस्याल, शुकमाया बस्याल, ज्ञानेन्द्र गुरुङ्ग, विकास गिरी, राजु कार्की, दयाल गिरी, हरि पाण्डेलगायत विभिन्न राजनीतिक÷सामाजिक संघसंस्थामा आवद्ध तीन सय १८ जना व्यक्तिहरु बुधबार विज्ञप्ति जारी गरी थपिएका छन् । विज्ञप्ति मार्फत नयाँ अभियन्ताले सम्पूर्ण राजनीतिक आस्थावान् वुद्धिजीवि, प्रगतिशिल र राष्ट्रवादी शक्तिहरुलाई छलफल, सुझाव, समालोचना र सहभागिताका लागि अपिल समेत गरेका छन् ।

Post a Comment

 
Top