0
गोल्डेन न्यूज संवाददाता
रोटरी क्लब अफ पोखराले आफ्नो १८ बर्षको स्थापना कालको अवसर पारेर पोखरा उप–महानगर पालिकाको वडा न २७ हेम्जाको बाबियतरा लक्ष्मी नारायण मन्दिर परिसरको १० रोपनी जमिनमा हाल लाई १० देखि १२ जनाको क्षमताको वृद्धाश्रम भवनको शिलान्यास अनन्त श्री बिभूषित महामण्डलेश्वर स्वामि आत्मानन्द गिरीजी महाराजको सानिध्यमा रोटरी ईण्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का गभर्नर केशव कुवँरले एक समारोहको बीच २७ र ८ र ०७२ मा शिलान्यास गरे । शिलान्यास समारोहमा आशिरवचन दिदैँ गिरीजी महाराजले देवघाटको आफ्नो गलेश्वर र एनआरएन आश्रम जस्तै व्यवस्थित रूपमा संचालन गर्ने बताए। डिष्ट्रिक्क गभर्नर केशव कुवँरले रोटरी ११० बर्षदेखि मानव सेवा समर्पित रहेको जानकारी गराऊदै, नेपालमा पनि १९५४ देखि सेवा गर्दै आईरहेको स्पष्ट पारे । केशवराज ढकालले स्वागत गर्दै भविष्यमा सेवा विस्तार हुने जानकारी गराएका थिए । 

रोटरी क्लब पोखराको अध्यक्ष ज्ञानेन्द्र प्रसाद सिग्देलले रोटरी १८ बर्षमा लघु जलविद्युतदेखि विद्यालय, स्वास्थ्य शिक्षा र खानेपानी योजनाहरूमा ३० करोड बढीÞ लगानी गरिसकेको जानकारी गराए । गोपाल ध्वजुले संचालन गरेको कार्यक्रममा रोटरी बारे जानकारी गराएका थिए । एबरडिन सेण्ट मेचर रोटरी क्लबका टलैंडको संयुक्त सहभागिता निर्माण हुने रोटरी लक्ष्मी नारायण बृध्द आश्रम असहाय गÞरिब परिवारलाई प्राथमिकता दिने योजना रहेको पूर्व अध्यक्ष किरणलाल श्रेष्ठले जानकारी दिए ।




Post a Comment

 
Top