0
गोल्डेन न्यूज संवाददाता
छैटौं ‘विग आईकन’को पावर्ड बाई’ टाईटलमा ‘जिङ्ग अल्ट्रा प्रिमियम भोड्का’ फाईनल भएको छ । मंगलबार विग एफएमका मार्केटिङ म्यानेजर कमल बराल र जिङ्ग भोड्काको उत्पादक कम्पनी प्रिमियर अर्गानिक्स प्रालिका सिनियर सेल्स अफिसर देव क्षेत्रीबीच ईभेन्टमा व्यवसायिक रुपमा सहकार्य गर्ने विषयमा सम्झौता भएको हो । ‘जिङ्ग अल्ट्रा प्रिमियम भोड्का’को विग आईकनसँगको सहकार्य पहिलोपटक हो । भर्खरै बजारमा आएको यो भोड्का यतिबेला तीव्र प्रचारप्रसारका साथ बजारिकरणमा लागेको छ । ‘हामीलाई हाम्रो उत्पादनको बारेमा बजारलाई जानकारी दिनका लागि गायन रियालिटी शो विग आईकन एउटा गज्जबको ईभेन्ट हो ।’ सम्झौता भैसकेपछि कम्पनीका सिनियर सेल्स अफिसर देव क्षेत्रीले भने–‘यो सम्झौताले दुवै पक्षलाई फाईदा पु¥याउने देखेपछि हामी ईभेन्टसँग जोडिएका हौँ ।’
यस्तै विग एफएमका मार्केटिङ म्यानेजर कमल बरालले विग आईकनजस्तो ईभेन्टसँग ‘जिङ्ग अल्ट्रा प्रिमियम भोड्का’ले व्यवसायिक सहकार्य गर्नु राम्रो कुरा भएको बताए । ‘आक्रामक रुपमा प्रचार–प्रसारमा उत्रिएको यो कम्पनीसँग आगामी दिनमा पनि व्यवसायिक सहकार्य गर्न हामी तयार छौँ ।’ उनले भने–‘यो सहकार्यले निरन्तरता पाओस् । र, दुवै व्यवसायिक संस्थालाई लाभ पुगोस् भन्ने हामी चाहन्छौँ ।’ ‘गेट सेक्सी’ट्याग लाईन लिएर ‘जिङ्ग अल्ट्रा प्रिमियम भोड्का’ यतिबेला बजारमा आएको छ । त्यस्तै विग आईकनको आयोजक संस्था विग एफएमले चाँडै नै प्रतियोगिताको अडिसन शुरु गर्ने जनाएको छ । केहि दिनमा नै एफएमले ईभेन्टको बारेमा सम्पूर्ण जानकारी पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिने बताएको छ ।

Post a Comment

 
Top