0
१२औं महिला स्वयंसेविका दिवसको अबसर पारेर लेखनाथ नगर क्षेत्रमा कार्यरत उत्कृष्ट १८ जना स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ। ‘स्वयंसेविकको सेवा स्वास्थ्य समाजको लागि टेवा’ भन्ने मूल नाराका साय जिल्ला जनश्वास्थ्य कार्यालय कास्की र लेखनाथ नगरपालिकको संयुक्त आयोजनामा शिशुवा प्रथामिक स्वास्थ्य केन्द्रमा कार्यरत १८ जना महिला स्वयंसेविकाहरुलाई सम्मान गरिएको हो। लेखनाथ नगर क्षेत्रको १८ वटै वडामा कार्यरत एक सय ६४ स्वयंसेविकाहरु मध्येबाट वडा गत रुपमा उत्कृष्ट काम गरेका स्वयंसेविकाहरुलाई पुरस्कार सहित सामुहिक रुपमा सम्मान गरिएको थियो। शिशुवा प्रथामिक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै लेखनाथ नगरपालिका सामुदायिक शाखाका शाखा प्रमुख मिना भण्डारीले सेवाको भावनाले काम गर्दै आएका महिला स्वयंसेविकाहरुले ग्रामीण तहमा प्रथामिक स्वास्थ्य उपचार र जनचेतना फैलाउने कार्यमा सहयोग पु¥याउँदै आएको बताएकी थिइन ।
 
कार्यक्रममा शिशुवा प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख मनकुमारी ओझा, नगर फोकल प्रशन मनुराज बराल, नेपाल विकास सस्थाका प्रतिनिधि दिनेश न्यौपाने, महिला स्वयंसेविका संघकी अध्यक्ष तारा अधिकारी, सचिव शारदा बाँस्तोला, सदस्य शोभा बुढाथोकी र लेखनाथ स्वास्थ्य चौकी प्रमुख ईश्वरी प्रसाद शर्मा लगायतले आ–आफ्नो भनाइ राखेका थिए । पब्लिक हेल्थ नर्स अधिकृत सम्झना ढुंगानाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य बेगनास स्वास्थ्यचौकीका प्रमुख हरिलाल आचार्यले गरेका थिए।

Post a Comment

 
Top