0
गोल्डेन न्यूज संवाददाता
 अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रिय कार्यालय पोखराद्वारा स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाइ जवाफदेही बनाउनका लागि पहल (जिनिस) कार्यक्रम अन्तर्गत स्थानीय समुदायमा गठन गरिएको मानव अधिकार निगरानी समूहका पदाधिकारीहरुलाई तीन दिने तालिम सञ्चालन गरिएको छ । मानव अधिकार निगरानी समूहका पदाधिकारीहरुलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार बिषयमा दिइने तालिमको कास्कीका स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीले उद्घाटन गरेका थिए । कार्यक्ममा निगरानी समूहको आवश्यकता र औचित्य, तथा काम कर्तब्य र अधिकारका बिषयमा इन्सेक क्षेत्रीय संयोजक शिब खकुरेल, स्थानीय स्वायत्त साशन ऐन २०५५ र यसको कार्यान्वयनको अबस्थाबारे स्थानीय विकास अधिकारी रामचन्द्र तिवारी, नेपाल सरकारको नीति र जनस्वास्थ्य कार्यालयको भूमिका बिषयमा जिल्ला जनस्वास्थ्य अधिकृत बोधराज सुबेदी, सरकारको शिक्षा नीति तथा शिक्षा कार्यालयको भूमिकाबारे सहायक जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकाल, कृषि सम्बन्धी नीति तथा कार्यक्रमबारे वरिष्ठ जिल्ला कृषि विकास अधिकृत रमेशप्रसाद कोइराला र अधिकारमुखी अवधारणा र आर्थिक सामाजिक अधिकारबारे इन्सेक अभिलेख अधिकृत टंक खनाल र नेपालको संविधान र नागरीकका मौलीक अधिकारबारे शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की संयोजक सरला कुमारी पाण्डेले सहजीकरण गर्ने कार्यक्रम रहेको तालिम कार्यक्रम संयोजक सवनव शर्माले बताइन । तालिममा जिल्ला तथा बिभिन्न गाबिसका मानव अधिकार निगरानी समूहका पदाधिकारीहरुको सहभागिता रहेको छ  ।






Post a Comment

 
Top