0
गोल्डेन न्यूज संवाददाता
भारतबाट लागूऔषध पोखरा ल्याई विक्री गर्ने मध्य दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । लागूऔषध खरिद बिक्री भैरहेको गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले विहिवार दुई जनालाई नियन्त्रणमा लिएको हो । पोखरा ८ बगालेटोल स्थित शेर्पा खाजाघरमा लागू औषध खरिद विक्री भईरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विहिवार साझ लागूऔषध र चोरीका सामान सहित उनीहरुलाई नियन्त्रणमा लिएको लिएको हो । पक्राउ पर्नेमा बगालेटोलका २८ बर्षीय पर्वत कुँवर, सोलुखुम्बु गोली ६ घर भई हाल बगालेटोलमा शेर्पा खाजा घर संचालन गर्ने बर्ष २४ का तेण्डी शेर्पा रहेका छन् । उनीहरुको साथबाट नाईट्रोभ्याट ४२० चक्की र बिभिन्न कम्पनीका नयाँ पुराना ३१ थान मोवाईल सेट र दुई थान आईप्याड समेत बरामद गरिएको छ । उनीहरु भारतबाट लागू औषध ल्याएर पोखरा नगर क्षेत्रका बिभिन्न ईलाकाका युवाहरुलाई वेचविखन गर्ने साथै मोवाईल सेट चोरी कार्यमा संलग्न रहेको प्रहरी नायब उपरिक्षक गजुसिद्दी बज्राचार्यले जानकारी दिए । उनीहरुलाई शुक्रवार जिल्ला अदालत कास्कीबाट लागू औषध मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top