0
गोल्डेन न्यूज संवाददात
सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा पृथ्वीचोक पोखराको आयोजनामा र कृष्ण मन्दिर आमा समूह, रामघाटको व्यवस्थापनमा प्रहरी र नागरिक बीचको सम्बन्ध बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सेवा केन्द्रका अध्यक्ष गजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश बमको प्रमुख आतित्यथामा सम्पन्न कार्यक्रमको विशेष अतिथिमा सामुदायिक सेवा जिल्ला समन्वय समितिका अध्यक्ष विष्णुबहादुर भट्टराई रहेका थिए ।  कार्यक्रममा संस्थाका उपाध्यक्ष जयराम अधिकारीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।  कार्यक्रममा शान्ति, सुरक्षाको अवस्था र सुधार गर्नुपर्ने विषयमा प्रहरी र नागरिकको भूमिका बारेमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा सहभागीले दिनहुँ बढ्दो अपराधजन्य गतिविधिको बारेमा विभिन्न संस्थाका अध्यक्ष, प्रतिनिधि, आमा समूह, स्थानीय बसिन्दाहरुले लागूऔषध, चोरी ढकैती, प्रहरी गस्ती, प्रहरी व्यवहार, सामुदायिक प्रहरी सेवा र यसको कार्यक्षेत्र लगायत विभिन्न जनसरोकारका विषय बस्तुहरुको बारेमा जिज्ञासा राखेका थिए । 

कार्यक्रममा आएका जिज्ञासा र अपराध नियन्त्रण तथा अनुसन्धान सम्बन्धी विषयमा आफ्ना भनाई राख्दै प्रहरी निरीक्षक बमले समाजमा हुने अपराधजन्य क्रियाकलापको समाजबाट नै सही सुचना प्राप्त भएमा अपराध नियन्त्रण र समाधान गर्न सहज हने बताए । कार्यक्रममा विभिन्न संघ संस्थाको तर्फबाट टोल विकास संस्था समन्यव समिति पोखरा–१० का अध्यक्ष सम्मरबहादुर श्रेष्ठ, कार्यक्रमका विशेष अतिथि विष्णु बहादुर भट्टराई, संस्थाका नि.वर्तमान अध्यक्ष एवं  सल्लाहकार चिरञ्जीवी श्रेष्ठले प्रहरी र नागरिक बीचको सम्बन्ध बारे आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा पो.उ.म.न.पा वडा नं. १५ का वडा सचिव, पोखरा १० र १५ मा रहेका विभिन्न टोल विकास संस्था, वडा नागरिक मंच, विभिन्न आमा समुह, र स्थानीय जनसमुदाय, संस्थाका कार्यसमिति सदस्य, वडा प्रहरी कार्यालय रामबजारका प्रतिनिधि, प्रहरी ईन्चार्ज एंव कार्यक्रम संयोजक प्रहरी सहायक निरीक्षक कन्या गुरुङ्ग, कार्यरत प्रहरीको सहभागिता रहेको सो कार्यक्रमको संचालन संस्थाका सचिव धर्मदत्त आचार्यले गरेका थिए ।

Post a Comment

 
Top