0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. १२, शितलादेवीमा रहेको शितलादेवी सामुदायिक उच्च माविमा प्रावि एवं मावि स्तरीय ट्यालेन्ट शो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा मावितर्फ कक्षा ८ का संकल्प बरालको भजन समूह प्रथम, कक्षा ८ कै संकल्प बराल कै समूह द्वितीय र कक्षा ९ का शिरिष तामाङको समूहले तृतीय स्थान हासिल गरेको छ । यस्तै प्रावितर्फ कक्षा ४ का उन्नति बुढा मगरको समूह प्रथम, लिलिमा गुरुङको समूह द्वितीय र कक्षा ५ का एलिना गुरुङको समूहले तृतीय स्थान हासिल गरेको विद्यालयका शिक्षिका टिकादेवी बरालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिइन ।
 
अतिरिक्त क्रियाकलाप प्रमुख बोधराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारी रहेका थिए । कार्यक्रममा निर्णायकको भूमिका विद्यालयका शिक्षकहरु विष्णुकुमार श्रेष्ठ, पूर्णिमा कुँवर, रीना गुरुङले निर्वाह गरेका थिए । कार्यक्रमको संचालन कक्षा १० समूह ए की विद्यार्थी समिक्षा बरा र कक्षा १० समूह बीका विद्यार्थी केदार सुवेदीले गरेका थिए । विजयी विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
यसैबीच शितलादेवी सामुदायिक उच्च माविमा अंग्रेजी माध्यमबाट पढाइ संचालन भएको छ । यहि मंसिर १८ गतेदेखि महिला सशक्तिकरण नेपालको प्रोजेक्ट अन्तर्गत विद्यालयमा विज्ञान, प्राविधिक, इन्जिनियरिङ्ग र गणित उक्त पढाई संचालन गरेको हो । उक्त अभियान ५ महिनासम्म संचालन हुनेछ । कक्षा ६, ७ र ८ मा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई प्रत्येक शुक्रबार प्रयोगात्मक विधिबाट अध्यापन गराइने विद्यालयले जनाएको छ । उक्त  कक्षा संचालनका लागि विद्यालयका शिक्षकहरु दीपेन्द्र पौडेल, दुर्गा प्रसाद सुवेदी र विकास न्यौपानेले प्रशिक्षण लिएका थिए । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त पढाइ शुरु गरिएको हो । पढाई संचालनका लागि उद्घाटन कार्यक्रममा पुगेका महिला सशक्तिकरणका प्रतिनिधि हरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका बहादुर कार्की, शैक्षिक योजना समितिका संयोजक टिकाराम कोइराला, समाजसेवी भद्रकुमारी बसेल र प्रधानाध्यापक बाबुराम अधिकारीले स्वागत गरेका थिए । महिला सशक्तिकरणको तर्फबाट सचिव मन कुँवरले विद्यालयमा संचालित कार्यक्रमको सफलताको शुभकामना दिएकी थिइन । त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका बहादुर कार्की, शैक्षिक संयोजक टिकाराम कोइराला, समाजसेवी भद्रकुमारी बसेल, शिक्षक बोधराज गौतम लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।



Post a Comment

 
Top