0
गोल्डेन न्यूज संवाददाता
रोटरी क्लब अफ पोखराले न्यानो लुगा वितरण गरेको छ । लेखनाथको भरतपोखरी स्थित सरस्वती टिका उच्च माविका शारीरिक असक्षम र असहाय, गÞरीब भूकम्प पीडित १ सय बालबालिकालाई र उक्त स्थानाकै बाल कल्याण प्राविका ५० विद्यार्थिलाई सुईटर, मोजÞा, लेगिंज र जुत्ता वितरण गरेको हो । रोटरी ईन्टरनेशनल ३२५० का पीडिजी अजय छाबरा, रोटरी ईन्टरनेशनल का स्टुवार्डका राजेश आनन्दका प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम रोटरी पोखराका अध्यक्ष ज्ञानेन्द्र प्रसाद सिग्देलको अध्यक्षता भएको थियो । कार्यक्रम संचालन गर्दै पूर्व अध्यक्ष किरणलाल श्रेष्ठले न्यानो लुगा वितरण गर्ने कार्यक्रम अतर्गत १ हजार ५०० थान लुगा वितरण गर्ने योजना बताए ।

Post a Comment

 
Top