0
वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले लामो समयदेखि भारतसँग सहयोग मागेका नेपाली नेताहरुले संविधान जारी गर्दा भारतको सल्लाहमा नलागेकाले अहिलेको परिस्थिति निम्तिएको बताएका छन् । उनले अहिलेको परिस्थितिमा हरेक क्षेत्रमा मानवअधिकार उल्लङघन हुन सक्ने बताए । यो परिस्थितिलाई सबै नेपाली एकजुट भएर समधानका उपाय खोज्नुपर्नेमा उनको जोड रहेको छ । ६७ औँ अन्तर्राष्ट्रिय मानवअधिका दिवसको सन्दर्भमा आयोजित नेपालको वर्तमान अवस्था र मानवअधिकारको स्थिति विषयक सचेतना कार्यक्रममा बोल्दै बरालले यस्तो बताएका हुन् । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले नेपालको अहिलेको परिस्थिति र मानवअधिकार को विषयमा आ–आफ्ना धारणा राखेका थिए ।





Post a Comment

 
Top