0
गोल्डेन न्यूज संवाददाता
पोखराको पुरानो टँुडिखेलमा जारी दशौं बिटी कपको तेश्रो दिन सोमबार सात खेल सम्पन्न भएका छन । सोमबार सम्पन्न पहिलो खेलमा विष्णुपादुका हेम्जाले एघार एकको गोल अन्तरले गोर्खा गन्जलाई पराजित गरेको छ । खेलमा विष्णु पादुकाका तर्फबाट सुविन श्रेष्ठले ७ गोल, अभिषेक कार्की, अशोक नेपाली, मुकेश श्रेष्ठ र रोशन केसीले एक÷एक गोल गरेका थिए भने गोर्खा गन्जको तर्फबाट विकास गुरुङले एक गोल गरेका थिए । दोश्रो खेलमा रि युनाइटेडले दुइ शून्य गोल अन्तरले शितलादेवी युथ क्लवलाई पराजित गरेको छ । खेलमा रि युनाइटेडको तर्फबाट विवेक श्रेष्ठले लगातार दुइ गोल गरेका थिए । तेश्रो खेलमा एलजी एशोसियसनले न्यु जेनेरेशनलाई नौ शून्य गोल अन्तरले पराजित गरेको छ । खेलमा एलजीको तर्फबाट सुसिल केसीले सात गोल , अजित गुरुङ र सिद्धार्थ रन्जितले एक एक गोल गरेका थिए । चौथो खेलमा टुडिखेल एफसी  ए ले युनाइटेड माछापुच्छ«े घाचोक लाई तीन शुन्य गोल अन्तरले पराजित गरेको छ । खेलमा टुडिखेलको तर्फबाट बिनोद बानियाले दुइ गोल र शंकर गुरुङले एक गोल गरेका थिएभने घाचोकका अनिल गुरुङ र सनम गुरुङले एक एक गोल गरेका थिए । पांचौ खेलमा बिटी ब्ल्युले कल्पेश्वर फेदीलाई चार शुन्य गोल अन्तरले पराजित गरेको छ । खेलमा बिटीको तर्फबाट कमल तिमिल्सिना दुइगोल, दिपक तामाङ र सुदिप पाठकले एक एक गोल गरेका थिए । 

छैठौं खेलमा एन वाइ सी रत्नचोकले एक शून्य गोल अन्तरले लामाचौर ए लाइ पराजित गरेको छ । खेलमा एन वाइ सीका बासु गुरुङले निर्णायक गोल गरेका थिए । अन्तिम खेलमा कुंडहर अन्नपूर्ण एफ सीले दुइ एक गोल अन्तरले रत्न समाज एफ सी लाई पराजित गरेको छ । खेलमा कुंडहरबाट प्रभात गुरुङले दुई गोल गरेका थिएभने रत्न समाजबाट प्रेम छन्त्यालले सान्त्वना गोल गरेका थिए ।
















Post a Comment

 
Top