0
आयोजक माछापुच्छ्रे क्रिकेट क्लवलाई ४५ रनले पराजित गर्दै स्याङ्जा युनाइटेड क्रिकेट क्लवले पोखरामा सम्पन्न जेएनके क्षेत्रीय जुनियर क्रिकेट लिगको उपाधि जितेको छ । टस हारेर पहिला व्याटिङ्ग गरेको स्याङ्जाले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । स्याङजाको व्याटिङ्गमा म्यान अफ द म्याच संगम गौतमले ३१, अर्जुन भण्डारीले २९ तथा राम थापाले २७ रनको योगदान दिए । माछापुच्छ्रेको बलिङ्गमा राजु थापा र प्रविण ढकालले समान ३र३ विकेट लिए । प्रत्युउत्तरमा व्याटिङ्गमा उत्रिएको माछापुच्छेको पारि १७ ओभरमा १ सय ९ रनमै समेटिएको थियो । माछापुच्छ्रेको व्याटिङ्गमा प्रविण ढकालले ३३ रन बनाएका थिए । स्याङजाका विपिन काफ्लेले ४ विकेट लिए । प्रतियोगितामा स्याँग्जाका विश्व थापा उत्कृष्ट व्याट्स्म्यान सहित सर्वोत्कृष्ट खेलाडी भए भने स्याँग्जाकै युनिस दर्लामी उत्कृष्ट बलर भए ।




Post a Comment

 
Top