0
गोल्डेन न्यूज संवाददाता
 बेनीमा खाना पकाउने आधा भरिएको ग्यास सिलिण्डर गोला प्रथाबाट वितरण गरिएको छ । उद्योग बाणिज्य संघ र जिल्ला प्रशासन कार्यालयको अगुवाईमा नाकावन्दीको तीन महिनापछि भित्रिएको ग्याँसलाई सार्वजनिक स्थलमा हजारौं उपभोक्ताबीच प्रत्यक्ष गोला खोलिएको थियो । भारतीय नाकावन्दीले खाना पकाउने ग्याससमेत इन्धनको चरम अभावहुँदा सर्वसाधारणको दैनिकी नराम्रोसँग प्रभावित भएको छ । ‘सवैको चुल्हो निभेको छ । सदरमुकाबासीलाई मात्र उपभोक्ता कार्ड वितरण गरी कम्पनी अनुसारका उपभोक्ताबीच बढी न्यायोचित वितरण प्रणाली गोला प्रथालाई छान्यौं’ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष उत्तम कर्माचार्यले भने,–‘ग्यास ल्याउन र प्रशासनले डिजेलको ब्यवस्था गर्रुयो हामीले ढुवानी साधन, प्रहरीले सुरक्षा र उपभोक्ताले धर्यता ।’
जिल्लामा भित्रिएको गृहलक्ष्मी कम्पनीको जम्मा चार सय थान आधा ग्यास सिलिण्डर मध्ये जिल्ला प्रशासन कार्यालयलाई १० थान, ९ थान ग्यासका स्थानीय बिक्रेता  (लगानीकर्ताहरु) लाई कोटा छुट्याएर बाँकी रहेका तीन सय ८१ थान सिलिण्डर सदरमुकाम बेनीमा रहेका ५ हजार कम्पनीका ग्यास उपभोक्तालाई गोला प्रथाबाट वितरण गरिएको हो । जिल्लामा गृहलक्ष्मी, शक्ति र अन्य ग्याँसकम्पनीका गरी ७० हजार उपभोक्ता छन । खाना पकाउने ग्यास अभाव हुदा डेरावाला विद्यार्थी, अपाङ्गता ब्यक्तिहरु र शहरी क्षेत्रका उपभोक्ताहरु बढी मारमा छन् । नजिकका वनजंगलमा सामुदायिक वन उपभोक्ता समितिले सुकेका दाउरासमेत उठाउन नदिएपछि निम्नबर्गका सर्वसाधारणले दाउराबाट खाना पकाउन समेत समस्यामा परेका छन । अन्य कम्पनीको ग्याँस भित्रिएपछि पनि यही विधीबाट उपभोक्तालाई वितरण गरिने उद्योग बाणिज्य संघले जनाएको छ । यस अघि वितरण प्रणाली सहज र पारदर्शी बनाउन उपभोक्ता कार्ड वितरण गरेको थियो ।



Post a Comment

 
Top