0
गोल्डेन न्यूज संवाददाता
आज शनिबार पोखरामा चारवटा कम्पनीको ग्यास बितरण हुने भएको छ । ग्यास बिक्रेता महासंघ कास्कीका अनुसार पोखरामा जानकी, बाबा, राजधानी र एचपी ग्यास वितरण गर्न लागिएको हो । जानकी ग्यासको पोखरामा रहेका १६ वटा डिलरमार्फत १८ सय सिलिण्डर वितरणको व्यवस्था मिलाईएको ग्यास बिक्रेता महासंघ कास्कीका सचिव नारायण दाहालले बताए । त्यस्तै बाबा ग्यास कम्पनीको १३ वटा डिलर मार्फत एक हजार ५७ सिलिण्डर ग्यास बितरण गरिनेछ भने राजधानी ग्यास कम्पनीको पोखराको भण्डारी ट्रेडर्स जरेवर र ओमआर ग्यास सप्लायर्स मिलनटोलमा रहेको दुई वटा डिलरबाट पाँच सय सिलिण्डर वितरण गरिनेछ । 
यसैगरी एचपी कम्पनीको पोखरामा दुई वटा मात्रै डिलर छन् । पोखराको रामबजारमा रहेको कोने गुरुङ ट्रेडर्स र जरेवर स्थित रुस्ली ट्रेडर्सबाट साढे पाँच सय सिलिण्डर बितरण गर्न लागिएको दाहालले जानकारी दिए । स्थानीय कम्पनी गृहलक्ष्मी र शक्तिका ग्राहक अधिक रहेका यस क्षेत्रमा प्रशासनले ग्यास वितरणको सूचना प्रकाशित गर्ने गरेपनि अन्य ग्यास वितरणको बारे भने उपभोक्त आफैले सम्बन्धित डिलरसँग जानकारी लिनुपर्ने अवस्था छ ।

Post a Comment

 
Top