0
गोल्डेन न्यूज संवाददाता
पोखरा २८ अर्मलामा रहेको सिनेखर्क सामुदायिक वन उपभोक्ता समितिले ज्येष्ठ नागरिक सहित विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । वनको साधारणसभाको अवसरमा जेष्ठ नागरिक ८६ वर्षीय मिनबहादुर बस्नेत, प्रवेशिका परिक्षा २०७१ मा उत्कृष्ट अङ्क ल्याउने उपभोक्ताका सन्तती मध्य संगीता बस्नेत, अभिषेक बस्नेत, वनका पूर्वअध्यक्ष विस्नु बस्नेत, सदस्यहरु रुपा बस्नेत, बिना बस्नेत र मधु विकलाई सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि जिल्ला वन कार्यालय कास्कीका प्रमुख प्रभात सापकोटा, वनका अध्यक्ष सरस्वती वि.क.ले सम्मानपत्र, दोसल्ला सहित सम्मान गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले वन पैदावारको संरक्षण भएमात्र स्वस्थ जीवन जिउन सकिने बताए । साधारणसभाले वार्षिक प्रतिवेदन पारित गरेको छ ।



















Post a Comment

 
Top